‘ज्वाइँ साब’ बन्दै जितु

अभिनेता जितु नेपाल नयाँ सिनेमामा अनुबन्धित भएका छन्।
उनी ‘ज्वाइँ साब’ सिनेमामा अनुबन्धित भएका हुन्।
बसन्त निरौलाको निर्देशनमा बन्ने ‘ज्वाइँ साब’ सिनेमामा उनको शीर्ष भूमिका हुनेछ।
सिनेमाले सामाजिक विषयवस्तुको कथा हास्यरसमा पेस गर्नेछ।
आगामी वर्ष तिहारमा रिलिज हुने यो सिनेमाका प्रस्तुतकर्ता राज कुमार पण्डित हुन्।
सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहने सिनेमा बैशाख १५ गतेबाट फ्लोरमा जानेछ।
यो सिनेमा रेड आई फिल्मसले ओएसआर डिजिटल र मौसम फिल्मससँग सहकार्यमा निर्माण हुनेछ।
मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङ सिनेमाका निर्माता हुन् भने विजय बस्याल कार्यकारी निर्माता हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २७, मंगलवार १२:०८सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स
समाचार२०८३ आश्विन २७, मंगलवार ०७:२८पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना
समाचार२०८३ आश्विन २७, मंगलवार ०६:३१संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
समाचार२०८३ आश्विन २६, सोमबार १६:३७बाढी प्रभावितलाई आईएसटी कलेजको सहयोग









