‘मीराः स्याडो अफ अ रेन्बो’ को ट्रेलर सार्वजनिक

काठमाडौं। चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ। मङ्गलवार सार्वजनिक ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ। साथमा आध्यात्मिक चिन्तनलाई पनि ट्रेलरमा दर्साइएको छ।
एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र बनेको चलचित्रकी प्रमुख अभिनेत्री तथा निर्देशक अनिता पण्डितले बताइन्। अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो चलचित्रले अहम् भूमिका खेल्ने विश्वास अनिताको छ।
केही दिनपछि केही लक्षित दर्शकहरूको लागि विशेष प्रिमियर शोहरूको आयोजना गर्ने तयारीमा रहेको उनले बताइन्। हल रिलिजको लागि पनि चलचित्र तयार रहेको बताउँदै अनिताले उपयुक्त मिति हेरी रिलिज गर्ने जनाइन्।
यस चलचित्रमा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ। आश्वि फिल्मसले यो चलचित्र निर्माण गरेको हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २६, मंगलवार १७:१६ग्यास अभावप्रति सांसद आशिका तामाङको कवितामार्फत व्यङ्ग्य
समाचार२०८३ श्रावण २६, मंगलवार १६:५०सुनसरी र सिरहामा प्रदर्शनको क्रममा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २६, मंगलवार १४:५७‘मास्टर्नी’को ‘गुराँस फुल्दा’ गीत सार्वजनिक
सूचना-प्रविधि२०८३ श्रावण २६, मंगलवार १४:४०नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य









