Breaking News
निशुल्क स्वास्थ शिविर सम्पन्न

स्वास्थ्यको पहुँच बाट टाढा रहेको अति विकट क्षेत्र दुधपाेखरी गाँउ पालीका,२, लम्जुङमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एवं सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोक , आयाेजना तथा दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखरा, गण्डकी मेडिकल कलेज कास्की र नेपाल आखाँअस्पताल त्रिपुरेश्वर

  काठमाडौकाे प्राविधिक सहयाेग तथा दुधपोखरी सामुदायिक होमस्टे भुम्लीचोक स्थानिय व्यवस्थापन सहयोगमा श्री कमल बहादुर श्रेष्ठ ज्यु को अध्यक्षता तथा गण्डकी प्रदेशका माननिय श्री पार्बति तामाङ ज्युको प्रमुख आतिथ्यतामा तथा दुधपोखरी गाँउ पालीका का अध्यक्ष ज्यु, उपाध्यक्ष ज्युइ,वडा अध्यक्ष ज्यु, जाल्पा   सामुदायिक लघुवित्त वित्तीय संस्था का कार्यकारी अधिकृत ज्यु, उपस्थिति मा लमजुङ जिल्ला दुधपोखरी गाँउपालिका वडा नं.-२, स्थित भुम्लीचोक स्थीत आमा समुहको भवनमा, कोषाध्यक्ष तिर्थ शर्मा ढकालको संयोजकत्वमा , सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा

कार्यसमिति सदस्यहरु ,स्वास्थ्य सेवा का प्रविधिक टोलि, स्वयंसेविका , जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था संस्थाका कर्मचारीहरु साथीहरु,आमा समुहहरू, टोल बिकास संस्थाहरू, स्थानिय बासिन्दाहरुको सहयोगमा स्थानिय महिला पुरुष गरी ५०० जना सेवाग्राहीहरुलाई जनरल मेडिसिन, सुगर जाँच, स्त्री रोग जाँच, दन्त्त सम्बन्धी जाँच, बालरोग जाँच, ECG, पाठेघर मुखको क्यानसर (VIA) जाँच लगायतका निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गण्डकी मेडिकल कलेजबाट खटिएका डाक्टर र स्वास्थ्यकर्मीहरू द्वारा सम्पन्न गरियो ।

पोखरा १३ का नागरिकसंग महानगर न्यायिक समिति

न्यायिक समिति गठन प्रकिया, अधिकार क्षेत्र, न्याय निरुपणका प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उदेश्यले पोखरा महानगरपालिका न्यायिक समितिको सहयोगमा श्री नवदुुर्गा सेवा टोल विकास संस्थाको आयोजनामा नागरिकसंग न्यायिक समिति प्रशिक्षण तथा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको पोखरा महानगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी गुुरुङले उद्घाटन गर्दै देश संघीय शासन व्यवस्थामा प्रवेश गरेसंगै नागरिकलाई छिटोछरितो न्याय प्रदान गर्ने उदेश्यले नेपालको संविधानमा न्यायिक समितिको व्यवस्था गरिएको जानकारी गराउँर्दै  यसको महत्व, आवश्यकता र औचिय तथा यसले निरुपण गर्ने विवादका विषयमा सम्पूर्ण नागरिकले जानकारी पाउनुपर्ने बताउनुुभयो । न्यायिक समिति के हो, यसको काम, कर्तब्य र अधिकार क्षेत्रका बारेमा जानकारी दिने उद्देश्यले न्यायिक समितिसंग विद्यार्थी, ज्येष्ठ नागरिक, श्रमिक र नागरिकसंग कार्यक्रम आयोजना गरिएको उपप्रमुख गुुरुङले बताउनुुभयो । संविधानमै न्यायिक समितिको ब्यवस्था गरेको बताउदै यसको बारेमा नागरिकले जानकारी गराउँदा सहज र सरल रुपमा न्याय पाउने उल्लेख गर्नुभयो । उहाँले न्यायिक समितिले १३ वटा विषयमा मेलमिलाप र ११ वटा विषयमा निर्णय गर्न पाउने उल्लेख गर्दै पोखरा महानगरको न्यायिक समिति कार्यसम्पादनमा अब्बल र उत्कृष्ट भएका कारण अध्ययन केन्द्रका रुपमा विकास भैरहेको बताउनुुभयो ।
कार्यक्रममा पोखरा महानगर न्यायिक समिति सदस्यद्वय कालिदास पोखरेल, रजनी परियार र न्यायिक समितिका अभिलेख संरक्षक सोम लम्सालले  गठन प्रक्रिया र समितिको अधिकार क्षेत्र, न्याय सम्पादन र असल अभ्यासका बारेमा प्रशिक्षण दिनुभएको थियो । नवदुुर्गा टोल विकास संस्थाका अध्यक्ष डम्बरजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नवदुुर्गा टोल विकास संस्थाका उपाध्यक्ष श्रीधर अधिकारी,भद्रकालि माध्यमिक विद्यालयका प्रधानाध्यापक यदुराज पंगेनी, नवदुुर्गा आमा समुहका डिलमाया गुुरुङ र नवदुुर्गा टोल विकास संस्थाका सचिव संगीता विकले बोल्नुुभएको थियो ।

नयाँ बर्षमा नुवाकोटमा भगवान माङ्चेभुमेको जात्रा लाग्दै

नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा न: १ मा नयाँ बर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको जात्रा लाग्ने भएको छ ।
शिवपुरी गाउपालिका वडा न १ को छुली डाँडामा अवस्थित यस मन्दिरलाइ पालिकाको पुर्वी भेगका जनताहरुले शक्तीपिठको रुपमा पुज्ने गर्छन । यस भेगको वरपर रहेको देविस्थान, खोलेखर्क, साल्मे, सेमोङ्पोखरी, शेर्पा गाउँ, पुरानोगाउ, बिनडाडा, डाडाखर्क, तलाखु, छाप, शिवालय, गोल्फुभञ्ज्याङ सहित सिन्धुपाल्चोक मेलम्ची नगरपालिका लगायतका दर्जनौ समुदायहरुले यहाँ रहेको भगवान माङ्चेभुमेलाइ पुज्ने गर्दछ ।

यस भगवानको थानमा खडेरीको समयमा बाजागाजा सहित पानी माग्दा पानी पार्ने विश्वास अझै पनि रहेको पाइन्छ । परापुर्वकालमा कुनै पनि कार्ज्य गर्नुपर्दा अघिल्लो दिनै भाडाकुडा माग्दा भाडाकुडादिने किम्बदन्ती रहेको छ । पछी जुठै भाडा लगेर बुझाएपछी दिन छाडेको भनाइ छ । यहाँ पाप र धर्म द्वार पनि रहेको बताइन्छ । करिव १०० मिटर लामो सुरुङ अहिलेपनी रहेको र धर्मात्मी मान्छे मात्र यो सुरुङमा छिर्न सक्ने यहाँको समुदायले बताउने गर्दछ । सुरुङ भित्र मादल सहितको धेरै बाजागाजा अझै पनि रहेको भन्ने गर्दछ ।

अन्य समयमा व्यक्तिगत रुपमा सयौँ पुजाआजा हुने गरेपेनी आन्तरिक पर्यटन प्रवर्द्धनको लागि २०७९ सालबाट नया बर्षको दिन पारेर जात्रा आयोजना गरेको जात्रा व्यवस्थापन तथा संरक्षणका अध्यक्ष इश्वर गुरुङले बताए । पहिलो वर्ष नै २ दर्जन भन्दा धेरै झाक्री समूह र १ हजार भन्दा धेरैले जात्रा अवलोकन गरेको पनि बताए ।

काठमाडौंको सुन्दरीजलबाट जम्मा ४४ किमी दुरीमा अवस्थित यस जात्रामा २०८० को जात्रामा काठमाडौंबाट पनी हजारौँ भक्तालुजनहरु उपस्थित भएको बताउदै यस वर्ष अझै यो संख्या अझै बढ्ने आकलन गरिएको व्यवस्थापन समितीले जानकारी गराए । जात्रामा स्थानिय परिकार र सांस्कृतिक झाकीहरु पनि भक्तालुजनहरुले देख्न पाउने छन।  भगवान माङ्चेभुमे जात्रा संरक्षण तथा ब्यवस्थापन समितीले उक्त दिन जात्रामा सहभाही भै भगवानको दर्शन गरिदिनहुन निमन्त्रणा गर्नुभएको छ। जात्रामा आउने भक्तालुजनलाइ सिस्नु, लसुन नखाइदिनुहुन तथा छालाको पेटी, जुत्ता नलगाइ उपस्थित भइदिनको लागि पनि जानकारी गराए । जात्रा अघिल्लो दिनदेखी सुरु हुनेछ।

लायन्स क्लब पोखरा पिस सिभिकको अध्यक्षमा विकास कडेल

लायन्स क्लब अफ पोखरा सिभिकको अध्यक्षमा विकास कडेल सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको शनिबार सम्पन्न अधिबेशनबाट लायन वर्ष २०२४÷२५ को अध्यक्षमा विकास कडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।

क्लबको प्रथम उपाध्यक्षमा मित्रबन्धु बराल, द्वितीय उपाध्यक्षमा गणेश पराजुली, तृतीय उपाध्यक्षमा यज्ञप्रसाद तिवारी, सचिवमा हरिप्रसाद अधिकारी, क्लब प्रशासकमा विनोद बराल, कोषाध्यक्षमा राजु कुँवर, सहसचिवमा मनमोहन अधिकारी, सह–कोषाध्यक्षमा रामचन्द्र अधिकारी चयन भएका छन् । यसैगरी, क्लब मेम्बरशिप चियर पर्सनमा नवराज अधिकारी, एलसिआइफ कोर्डिनेटरमा दीपेन्द्र बहादुर आले निर्वाचित भएको क्लबले जनाएको छ ।

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका आगामी बर्षका डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद ढुंगाना, क्लबका संस्थापक अध्यक्ष पवित्रराज तिवारी, पूर्व अध्यक्षहरू युवराज खनाल, बुद्वीराज बराल (प्रदीप), किरण ढकाल, रामकृष्ण तिवारी निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष विनोद भुजेल लगायतले नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्णलाई बधाई सहित शुभकामना दिएका थिए ।

क्लबका अध्यक्ष रेशम खड़काको अध्यक्षतामा भएको कार्यक्रममा कोषको वारेमा जानकारी कोषाध्यक्ष हरिप्रसाद अधिकारीले र स्वागत प्रथम उपाध्यक्ष विकास कँडेलले र संचालन सचिव यज्ञप्रसाद तिवारीले गरेका थिए