कागबेनीमा भक्तजनहरुको घुइँचो

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा पूजाअर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो लागेको छ ।
चैते दशैअघिको औँसी तिथि पारेर दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न नेपाल र भारतका ११ हजार जना भन्दा बढी भक्तजन यो क्षेत्रमा भित्रिएका छन् ।
मुक्तिनाथ क्षेत्र र दामोदरकुण्ड धार्मिकस्थलबाट बहने कालिगण्डकी नदीको संगमस्थल कागबेनीधाममा पितृको नाममा श्राद्ध तथा पिण्ड दिनाले मोक्ष प्राप्ती हुने र पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको छ ।

परापूर्वकालमा भुसुण्डे ऋषिले मनाङको तिलिचोमा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरुको नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड दिने चलनको सुरुआत भएको विश्वास गरिन्छ ।
कागबेनीलाई धार्मिक ग्रन्थहरुमा भगवानको दैवी शक्ति प्रकट भएको स्थानका रुपमा समेत उल्लेख गरिएको छ । जसका कारण वर्षेनी कागबेनीमा दिवंगत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्नका लागि देशका ७७ वटै जिल्लाबाट धार्मिक तिर्थालु आउने गर्दछन् ।
चैते दसैं र बडा दसैको अवसर पारेर भक्तजनहरु कागबेनीमा श्राद्ध, तर्पण र पिण्ड दिने चलन छ ।


लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १०:४५तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
समाचार२०८३ असार २०, शनिबार १०:३२गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम
खेलकुद२०८३ असार २०, शनिबार १०:३०कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
समाचार२०८३ असार १९, शुक्रबार १७:१२नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न








