एसिसी प्रिमियर कपका लागि नेपाली क्रिकेट टिम घोषणा

काठमाडौं,२७ चैत । ओमानमा हुने एसिसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले चैत ३० देखि हुने प्रिमियर कप खेल्ने नेपालको १४ सदस्यीय टिम सार्वजनिक गरेको हो।
नेपाली टिममा सबै भारतमा एसएमएस फ्रेन्डसिप कप खेलेका खेलाडी छन्। भारतमा गएका आकास चन्द नेपाली टिममा छैनन्।
नेपाली टिम: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह।
कपमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्।
टी-२० फर्म्याटमा हुने कपका आयोजक ओमान समूह ‘बी’ मा छ । समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।
खेल तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियासँग चैत ३० गते खेल्नेछ। यस्तै नेपालले दोस्रो खेल कतारसँग वैशाख १ गते, तेस्रो खेल हङकङसँग वैशाख ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।
समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ८, शुक्रबार १७:३२राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा ढिलाइप्रति सांसद कार्कीको ध्यानाकर्षण
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १६:४१छाउपडीको पीडा बोकेको ‘हली’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित )









