लिमीका बालबालिकालाई खोप लगाइयो

जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाएका छन् ।लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा विलम्ब भएको हो । हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्रम प्रभावित भएको लिमी स्वास्थ्यचौकीका प्रमुख गोरखबहादुर भण्डारीले बताए।
गत फागुन २५ गतेदेखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको नौ महिनादेखिमाथिका र पाँच वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप पनि बुधबार नै लगाइएको उनले बताए । लिमी स्वास्थ्यचौकीमा यो वर्ष दुई जना स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका हुन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २५, बिहीबार २२:५८क्वार्टरफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार २५, बिहीबार १९:२०एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १३:५४‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन








