‘खजुरे ब्रो’को टिजर सार्वजनिक,नीति संग खजुरेको माया प्रेम

काठमाडौँ। कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ को टिजर रिलिज गरिएको छ। निर्देशक सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ को टिजरमा साथी साथीको सम्बन्ध संगै,माया प्रेमको दृश्यहरु र खजुरेको संघर्षलाई देखाउन खोजिएको छ । चलचित्र वैशाख २८ गते रिलिज हुँदैछ। चलचित्रले धरान र आसपासका क्षेत्रमा चर्चित रहेका खजुरे पात्रको कथा पेस गर्छ। टिजरमा चलचित्रका मुख्य कलाकार रेअर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धरलाई बिसेष स्थान दिइएको छ।
धरान आसपासमा डुलिहिँड्ने यी पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ। यूट्यूबमा उनी कस्ता थिए भनेर देखाउने भिडियोहरु देख्न सकिन्छ। जीवनको पछिल्लो समयमा धरानमा मानिसहरुका लागि मनोरञ्जनको पात्र बनेका उनी त्यो अवस्थामा आइपुग्नुका पछाडि दुखान्त कहानी रहेको बताइन्छ।
‘खजुरे ब्रो’ले तिनै घटनाहरुलाई आफ्नो विषय बनाएको छ। चलचित्रमा रेअर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राईलगायत कलाकारको अभिनय छ।
कलाकार नविन मानन्धर तथा निर्देशक सुनुवारको संयूक्त निर्माण रहेको सिनेमामा सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता छन्।
डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन्। शिशिर बिसंखेको छायांकन रहेको सिनेमामा मित्र डि गुरूङको सम्पादन छ। चलचित्रलाई आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल
समाचार२०८३ आश्विन २२, बिहीबार १८:४८पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट









