कलश सहकारीको शुभकामना आदानप्रदान सम्पन्न

कलश बचत तथा ऋण सहकारी संस्थाले नयाँ बर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा क्यालेण्डर लोकार्पण कार्यक्रम गरेको छ । शुक्रबार दिब्यश्री बैन्क्युट नागढुंगामा भएको कार्यक्रममा संस्थाका शेयर सदस्य तथा पोखरा महानगर पालिका वडा नम्बर २४ का सदस्य कृष्ण प्रसाद सुवेदी, संस्थाका अध्यक्ष सुदिप अधिकारी, लेखा समिती संयोजक विजेन्द्र शर्मा पौडेल, सल्लाहकारहरु डा. विष्णुप्रसाद चापागाई, होमराज भट्टराई, नवराज सुबेदीले संयुक्त रुपमा क्यालेण्डरको लोकार्पण गरेका हुन् ।
शुभकामना तथा लोकार्पण कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २४ का सदस्य जनप्रतिनिधी कृष्ण प्रसाद सुबेदीले सहकारीका आर्थिक सुशासन र अनुशासनको आवश्यकता भएको बताउनुभयो । उहाँले सहकारीको नीति र नियमसंगत रुपमा सञ्चालित संस्थामा कहिल्यै पनि समस्या नआएको जिकिर गर्नुभयो । संस्थाका अध्यक्ष सुदिप अधिकारीले विश्व बैंक र एशियाली बैंकले नेपालको सन्दर्भमा आगामी बर्षका लागि गरेको आर्थिक प्रक्षेपणले केही सुखद संकेत गरेको बताउनुभयो । उहाँले २०८० सहकारीका लागि चुनौतीको बर्ष रहेपनि कारोबारमा सफा र अनुशासित संस्था दिर्घकाल सम्म रहिरहने दावी गर्नुभयो ।
शुभकामना आदाप्रदान कार्यक्रममा संस्थाका शेयर सदस्य गणेश भारती, शिक्षा उपसमिती सदस्य प्रभा राजभाट, ऋण उपसमिती संयोजक रामु पाध्याय, लेखा समिती संयोजक विजेन्द्र शर्मा पौडेल, सल्लाहकारहरु डा. विष्णुप्रसाद चापागाई, होमराज भट्टराई, नवराज सुवेदी, कोषाध्यक्ष एकराज गिरी, ऋण उपसमिती सदस्य हुमबहादुर खत्री ‘अर्जुन’ लगायतले बोलेका थिए । संस्थाका अध्यक्ष सुदिप अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षा उपसमिती संयोजक सन्जय मल्ल, सञ्चालन रुपकराज मिश्रले गरेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल
समाचार२०८३ आश्विन २२, बिहीबार १८:४८पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट








