कतारविरुद्ध नेपालको राम्रो ब्याटिङ, आशिफले हिर्काए अर्धशतक

काठमाडौं,१ वैशाख । एसीसी प्रिमियर कपको दोस्रो खेलमा कतारविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले राम्रो ब्याटिङ गरिरहेको छ । नेपालका लागि अोपनर आसिफ शेखले अर्धशतक हिर्काएका छन् । ३९ बलमा उनले ६ चौका हिर्काउँदै ५० रन जोडेका हुन् ।
ताजा अवस्थामा नेपालले १४ ओभरमा ३ विकेट गुमाएर १२० रन जोडेको छ ।
शुक्रबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै नेपालले विजयी सुरुआत गरिसकेको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा जितका लागि १४४ रनको लक्ष्य पाएको नेपालले १९।२ ओभरमा पूरा गरेको थियो ।
प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो ।
समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई-दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण १४, मंगलवार १८:५८लायन्स क्लब अफ धादिङ नीलकण्ठको आयोजनमा पशुपति माविमा तीन दिने हस्तलेखन प्रशिक्षण सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १४, मंगलवार १७:५१बेलायतमा ‘विदेशमा नेपाली चलचित्रको विकास र विस्तार’ विषयक कार्यक्रम सम्पन्न
समाचार२०८२ श्रावण १४, मंगलवार १७:२०संसदीय दलको विश्वास गुमाएका लामा कहिलेसम्म मुख्यमन्त्री रहलान्?
समाचार२०८२ श्रावण १४, मंगलवार ०९:३२न्यूयोर्कमा भएको गोलीकाण्डमा प्रहरीसहित चार जनाको मृत्यु, पाँच गम्भीर घाइते