कतारविरुद्ध नेपालको राम्रो ब्याटिङ, आशिफले हिर्काए अर्धशतक

काठमाडौं,१ वैशाख । एसीसी प्रिमियर कपको दोस्रो खेलमा कतारविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले राम्रो ब्याटिङ गरिरहेको छ । नेपालका लागि अोपनर आसिफ शेखले अर्धशतक हिर्काएका छन् । ३९ बलमा उनले ६ चौका हिर्काउँदै ५० रन जोडेका हुन् ।
ताजा अवस्थामा नेपालले १४ ओभरमा ३ विकेट गुमाएर १२० रन जोडेको छ ।
शुक्रबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै नेपालले विजयी सुरुआत गरिसकेको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा जितका लागि १४४ रनको लक्ष्य पाएको नेपालले १९।२ ओभरमा पूरा गरेको थियो ।
प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो ।
समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई-दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ८, शुक्रबार १७:३२राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा ढिलाइप्रति सांसद कार्कीको ध्यानाकर्षण
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १६:४१छाउपडीको पीडा बोकेको ‘हली’को ट्रेलर सार्वजनिक ( भिडीयो सहित )









