अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि बौदीकालीलाई

रामपुर (पाल्पा), ४ वैशाख । अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबल खेलको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ । पाल्पाको निस्दी गाउँपालिकामा आयोजना भएको प्रतियोगिताको फाइनलमा चापाकोट नगरपालिका स्याङ्जालाई ३-० को सोझो सेटले हराउँदै बौदीकालीले उपाधि चुम्न सफल भएको छ ।
फाइनल खेलमा पहिलो, दोस्रो र तेस्रो सेट बौदीकालीले क्रमशः २५-२२, २५-१८ र २५-१४ जित्यो । चापाकोट उपविजेता बन्दा घिरिङ गाउँपालिका तनहुँ तेस्रो भएको छ ।
निस्दी गाउँपालिकालाई २५-१३, २५-२२ र २८-२६ अङ्कसहित ३-० को सोझो सेटमा पराजित गर्दै घिरिङ तेस्रो भएको छ भने निस्दी गाउँपालिका चौथो भएको छ ।
उत्कृष्ट खेलाडी बौदीकाली गाउँपालिकाका विश्वास अधिकारी, उत्कृष्ट स्पाइकर बौदीकाली गाउँपालिकाका अशोक श्रेष्ठ, उत्कृष्ट सेटर बौदीकालीका दानबहादुर गाहा, उत्कृष्ट डिफेण्डर चापाकोट नगरपालिकाका राजन दर्लामी, उत्कृष्ट सर्भर घिरिङ गाउँपालिकाका सुजन राना, उत्कृष्ट ब्लकर चापाकोटका विवश थापा र उत्कृष्ट कोच बौदीकालीका सञ्जित सिञ्जाली घोषित भएका छन् ।
प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले विजेतालाई पुरस्कार वितरण गरे । विजेता टोलीले एक लाख ३० हजार, दास्रो हुनेले ८० हजार, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका गरी छ समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए । दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरिएको हो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १०:४५तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
समाचार२०८३ असार २०, शनिबार १०:३२गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम
खेलकुद२०८३ असार २०, शनिबार १०:३०कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
समाचार२०८३ असार १९, शुक्रबार १७:१२नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न









