ज्वालामुखीमा एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,नागरिकहरुको स्वास्थ्य प्रति गाउँपालिका सचेत रहेको अध्यक्ष दनैको भनाई

धादिङ,९ बैशाख
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ रानाचौतारामा शविनार एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।ज्वालामुखी गाउपालिकामा, रोटरी क्लब अफ नारायणी मिडटाउन, भरतपुर चितवनको सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ५०२ जना लाभान्वित भएका छन् ।
शिविरमा छालारोग सम्बन्धी ८० जना,महिला रोग ७५ जना,हाडजोर्नी १७४ जना,दन्त रोग १२० जना र सामान्य चिकित्सा ५२ जनाले सेवा लिएका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिनुभयो ।वडा नम्बर ४ का वडा अध्यक्ष कृुष्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको शिविरमा गाउँपालिका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर ३ वडा अध्यक्ष उमेश श्रेष्ठ,डा. केशबराज भुर्तेल वडा अध्यक्षहरु, स्वास्थ्यकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
शिविरमा ५ जना विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह गरीएको थियो । नागरिकहरुलाई स्वास्थ्य सम्बन्धी सेवा दिने उदेश्यले गाउँपालिकाले निशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनुभयो । विगतमा पनि गाउँपालिकाले स्वास्थ्य शिविर सन्चालन गर्दै आईरहेको बताउनुभयो ।नागरिकहरुको स्वास्थ्य प्रति गाउँपालिका सचेत रहेको भन्दै उहाँले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम सन्चालन गरीरहेको बताउनुभयो ।
आफु नागरिकहरुको सेवक भएको भन्दै नागरिकहरुको अपेक्षा अनुसारनै कामहरु भईरहेको बताउनुभयो ।यसैगरी रोटरी क्लब नारायणी मिडटाउन प्रेसिडेन्ड डा.अर्पणा प्रधानले ज्वालामुखी गाउँपालिकालाई विगतदेखीनै सहयोग गर्दै आईरहेको भन्दै उहाँले आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा








