Home समाचार पोखरा म.न.पा. वडा नं. १७ तल्लो बिरौटाकोआयोजनामा बहुउद्देश्यीय सामुदायिक ...

पोखरा म.न.पा. वडा नं. १७ तल्लो बिरौटाकोआयोजनामा बहुउद्देश्यीय सामुदायिक क्रियापुत्री भवन उद्घाटन सप्पन्न

215
0

पोखरा म.न.पा. वडा नं. १७ स्थित तल्लो बिरौटा टोल बिकास संस्थाको पाँचौ वार्षिक साधारण, तेश्रो अधिवेशन तथा बहुउद्देश्यीय सामुदायिक तथा क्रियापुत्री भवन उद्घाटन कार्यक्रम सप्पन्न भएको छ।

संस्थाका अध्यक्ष फर्स बहादुर कुँवरको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा म.न.पा. वडा नं. १७ का वडा अध्यक्ष राधिका कुमारी शाहीको प्रमुख अतिथि हुनुहुन्थ्यो भने पोखरा म.न.पा. वडा नं. १७ का सम्पूर्ण जनप्रतिनिधि वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

विशेष अतिथि नन्दलाल बि.क. ले पनि सहभागी जनाउनु भएको थियोे । त्यस्तै बिरुवा मार्ग टोल विकास संस्थाका अध्यक्ष शालिकराम भण्डारीज्यू, घारीकुलो टोल विकास संस्थाका अध्यक्ष गोविन्द गिरीज सनराईज टोलविकास संस्थाका अध्यक्ष श्री प्रणानाथ पौडेल समाजसेवी व्यक्तित्व श्री कृष्ण पौडेल, तल्लो बिरौटा आमा समूहका प्रतिनिधी श्री बसुधा पौडेल मेलमिलाप दिदिबिहिनी आमा समूहका अध्यक्ष श्री जोगमाया के.सी. एबम संगमटोल आमासमूहका अध्यक्ष श्री गंगा पौडेल को उपस्थित रहेको आयोजित कार्यक्रममा संस्था सहकोषाध्यक्ष श्री प्रशन्न पौडेल स्वागत मन्तव्य दिनु भएको थियो भने प्रमुख अतिथि एवं विशेष अतिथिज्यूहरुले छोटो समयमा तल्लो बिरौटा टोलबिकास संस्थाले वडास्तरमै नमूना बाटो र नवनिर्मित भवन सप्पन्न भएको बताउनु भयो। विरौटा बासीहरुले भवनको भरपुर उपभोग गर्न सक्ने छ्न। संस्थाका नाउँमा जग्गा खरिद गरी वृहत जनसहभागिताबाट सुविधासम्पन्न बहुउद्देश्यीय सामुदायिक तथा क्रियापुत्री भवन टोल विकास संस्थाको संकलित रकम रु. २१,९०,०८४।- (एक्काइस लाख नब्बे हजार चौरासी) रुपैया र जनसहभागिताबाट रु. ९,२६,९१६।- (नौ लाख छब्बीस हजार नौ सय सोह्र) रुपैया समेत गरी कूल जम्मा रु. ३१,१७,०००।- एकतीस लाख लाख सत्र हजारको लागतमा भवन निर्माण सम्पन्न भएको छ। समितिका अध्यक्ष ज्ञानबहादुर क्षेत्रीको अध्यक्षतामा निर्माण भएको भवनमा सबै टोलबासीको हरुको सहयोग र सक्रियतामा सप्पन्न भएको बताउनु भयो।उहाँले सार्वजनिक विकास निर्माणका काममा हुने विवाद रहित तवरबाट संस्थाको कामलाई अगाडि बडाइ सबैको प्रसंशा र हौसला समेत मिलेको जिकिर गर्नुभयो। हाम्रो नेतृत्वले गरेको काम सफलता पुर्बक सम्पन्न भएकोमा खुशी व्यक्त गर्नु भयो।

साथै संस्थाले गर्ने विकास निर्माणका काममा वडा कार्यालय सधैं सहयोगी रहने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो । छिमेकीटोल विकास संस्थाहरुले पनि तल्लो बिरौटा टोल विकास संस्थाले निर्माण गरेको बहुउद्देश्यीय भवन उपयोग गर्न सकिने गरी निर्माण गर्नु भएकोमा धन्यवाद दिदै थप पूर्वाधार निर्माणका लागि सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो भने संस्थाका अध्यक्षले अब आउँदो वर्षदेखि हरेक कार्यक्रम आफ्नै भवन परिसरमा गर्न पाउँदा खुशी रहेको र सबै टोलबासीको जनसहभागिता तथा जनप्रतिनिधिज्यूहरुको विशेष सहयोगबाट मात्र त्यो कुरा सम्भव भएको हुँदा यसैगरी सम्पूर्णको सद्भभाव र सहयोगको अपेक्षा गर्दै समापन मन्तव्य समेत दिनु भएको थियो । भवन निर्माण समितिका अध्यक्ष श्री ज्ञान बहादुर क्षेत्री र सचिव श्री भुवनप्रसाद दाहालज्यू समेतले शुभकामना मन्तव्य दिनु भएको थियो उक्त कार्यमा संस्थाको आम्दानी वृद्धि गर्ने भरपर्दो श्रोतहरुको पहिचान गरी संस्थाको नवनिर्वित भवनलाई थप सुविधा सम्पन्न गर्ने संस्थाको मूख्य लक्ष्य रहेकोमा वृहत रुपमा आर्थिक संकलन श्रोतको पहिचान गरी सहयोग जुटाई संस्थाको कोष वृद्धि गरी यथासमयमा थप निर्माण सम्पन्न गर्ने भनि संस्थाका कोषाध्यक्ष श्री तुलसी थापाले मन्तव्य दिनु भएको, टोलवासीको प्रमुख समस्याको रुपमा रहेको मोटर बाटोलाई पोखरा

म.न.पा. वडा नं. १७ को भित्रीबाटो मध्य नमूना बनाउन सफल भएको र संस्थाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्न सफल भई पहिलो खुड्किलो पार गरिसकेको उक्त भवनलाई समय सापेक्ष र टोलबासी, छिमेकीटोल तथा समग्र बिरौटाबासीहरु समेतको आवश्यकता पूर्ति गर्न सक्ने सुविधा थप गरी निर्माण र सो भवन वरपर तथा टोल भित्र क्रमिकरुपमा निर्माण हुँदै गएका सडक, कुलो, नाला, भवन समेतका भौतिक पूर्वाधारहरुको संरक्षण, सम्वर्द्धन र रंगरोगन गर्दै पोखरा महानगर देशको पर्यटकीय राजधानी घोषणा भई राज्यले सोही अनुसारका भौतिक पूर्वाधार विकास निर्माणका कार्यहरु तिब्र रुपमा गरिरहेकोमा यस तल्लो बिरौटा टोलले पनि नेपाल सरकार तथा

पोखरा महानगरपालिकाको उद्देश्य अनुसार टोललाई बातावरणीय सरसफाई सहित निर्माण भएका भौतिक पूर्वाधारहरुलाई सौन्दर्यकरण (Beautification) समेतमा जोड दिई पर्यटकीय गतिविधिहरु बढाउने गरी अगाडी बढ्नु अहिले आवश्यकता रहेकोले योजना बनाई सो तर्फ पनि विशेष रुपमा लाग्न र तल्लो बिरौटा बहुउद्देश्यीय सामुदायिक तथा क्रियापुत्री भवन वरपर वृक्षारोपण, पार्क तथा उद्यान निर्माण गरी स्वच्छ वातावरण तथा पर्यटक मैत्री टोल बनाउनका लागिसमेत संस्थाको मुख्य भावी कार्ययोजना रहेकोले भवनको थप पूर्वाधार निर्माण र कार्यालय भवन आउने बाटो तथा अन्य शाखा

बाटोलाई यथाशिघ्र पिच गर्ने तर्फ संस्थाको सम्पूर्ण शक्ति केन्द्रित गरी निर्माण तर्फ लाग्नु पर्नेमा कुरामा संस्थाका सचिवले विशेष जोड दिनु भएको थियो र उक्त कार्यक्रम तल्लो बिरौटा टोल बिकास संस्थाका सचिव श्री चेतनाथ चालिसेज्यूले संचालन गर्नु भएको थियो ।
साथै संस्थाको तेश्रो अधिवेशनमा निर्वाचन कार्यक्रम गरी श्री चेतनाथ चालिसेज्यूको अध्यक्षमा १५

सदस्सीय नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षमा श्री चेतनाथ चालिसे, उपाध्यक्ष श्री बसुन्धरा शर्मा पौडेल, सचिव श्री भुवनप्रसाद दाहाल, कोषाध्यक्ष श्री रजिशा थापा, सहसचिव श्री रिता शर्मा, सहकोषाध्यक्ष श्री एकनाथ ढकाल सदस्यहरुमा क्रमशः श्री मञ्जु अर्याल, श्री इन्द्र बहादुर थापा, श्री शर्मिला भट्टराई, श्री नन्दप्रसाद वाग्ले, श्री महादेव पन्त, श्री विष्णुमाया पौडेल, श्री राजन के.सी., श्री दुर्गा पौडेल र श्री सुदिन तिमिल्सिना निर्विरोध निर्वाचित हुनु भएको व्यहोरा श्री कास्की जिल्ला अदालतका शाखा अधिकृत श्री दामोदर आचार्य संयोजक, सदस्यहरु श्री सुजन पौडेल र श्री मिन बहादुर गुरुङ भई गठित निवार्चन समितिले जानकारी गराउनु थियो ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।
Previous articleचापाकोट स्वास्थ्य चौकीको अत्याधुनिक भवन उद्घाटनसँगै दन्त सेवा सुरु
Next articleतिहारमा स्वदेशी फूलको प्रयोग गरौँ, कृषिमन्त्री श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here