Breaking News
फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप

पोखरा । माछापुच्छ्रे गाँउपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ ।

माछापुच्छ्रे गाँउपालिका वडा नं.७ धम्पुसको व्यवस्थापन र माछापुच्छ्रे गाँउपालिका भलिबल संघको समन्वयमा फागुन १४ देखि १७ गते सम्म उक्त प्रतियोगित हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्थानिय स्तरबाट खेलाडि उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको गण्डकी प्रदेश भित्रका सम्पूर्ण पालिकालाई पत्रचार गरि वढि भन्दा वढि सहभागिता जनाउने लक्ष्य रहेको माछापुच्छ्रे गाँउ पालिका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितीय पुरस्कार १ लाख र सेमी फाइनलमा उपविजेता दुइ टिमलाई ५०÷५० हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।

त्यसैगरी महिला तर्फ प्रथम पुरस्कार १ लाख, द्धितीय पुरस्कार ५० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५÷२५ हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।

पुरुष तथा महिला भलिवलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक पुरुस्कार प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि माछापुच्छ्रे गाँउपालिकाले १३ लाख रुपैया विनियोजन गरेको अध्यक्ष मिन बहादुर गुरुङले जानकारी दिए ।

यो प्रतियोगितामा सहभागित टिमले दुई जान वाहिरी खेलडि राख्ने पाउने व्यवस्था मिलाईएको छ । प्रतियोगितामा दुई जान बाहिरी खेलाडी पनि राख्ने व्यवस्था मिलाइएकोले राष्ट्रिय स्तरका खेलाडी पनि प्रतियोगितामा सहभागिता जानउने छन्’ अध्यक्ष गुरुङले भने, ‘राष्ट्रिय खेलाडीको सहभागित हुने भएकोले प्रतियोगिता थप रौनकता छाउने हामीले विश्वास लिएका छौ ।’

यस वर्ष देखि महिला भलिबल प्रतियोगिता पनि समावेश गर्ने भएकोले प्रतियोगितामा अझै वढि रौनकता थपिने माछापुच्छ्रे गाँउपालिकाकी उपाध्यक्ष सिता अधिकारीले जानकारी दिइन् ।

‘धम्पुस परिचित एक पर्यटन गाँउ हो’ उपाध्यक्ष अधिकारीले भनिन्,‘पर्यटकी गाँउमा गरिएको यो प्रतियोगिताले पर्यटन सँगै खेल क्षेत्रको प्रवद्र्धन गर्न पनि मद्धत मिल्ने हामीले विश्वास लिएका छौ ।’

माछापुच्छ्रे गाँउ पालिका वडा नं. ७ का वडा अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले प्रतियोगिता अवधिभर यस क्षेत्रमा भएका होटल व्यवसायसँग समन्वय गरी सहुलियत प्याकेज ल्याउने योजना रहेको सुनाए । उनका अनुसार एक रातमा धम्पुस साना ठुला ४० होटलमा १ हजार जान सम्म राख्न सकिने छ ।

प्रतियोगिता बढि भन्दा बढि टिम सहभागिता गराउनका लागि टिम शुल्क निशुल्क गरेको माछापुच्छ्रे गाँउपालिका खेलकुद विकास समितिकोका सदस्य सचिव हुमबहादुर गुरुङले जानकारी दिए ।

माछापुच्छ्रे गाँउपालिका भलिवल संघका अध्यक्ष राम पुनले गण्डकी प्रदेश भित्रका पालिकामा पत्राचार भए पनि खेलाडीलाई जानकारी नहुदा प्रतियोगितामा सहभागि कम हुने गरेको गुनासो खेलाडी बाटै आउने गरेको बताए ।

दोस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८० मा बौदीकाली गाँउपालिका नवलपुर प्रथम, र गल्कोट नगरपालिका बाग्लुङ दोस्रा भएको युवा तथा खेलकुद शिक्षा शाखाका प्राविधिक सहायक विष्णु प्रसाद अधिकारीले जानकारी दिए ।

ग्राहकको सेवालाई ख्याल गरि फिस्टेल डिपार्टमेन्टल स्टोर संचालनमा

 पोखरा । फिस्टेल डिपार्टमेन्टल स्टोरकको विधिवत रूपमा उदघाटन गरि शुक्रबार देखि पोखराको विरौटा १७ स्थित संचालनमा आएको छ।

उक्त डिपार्टमेन्टल स्टोरमा दैनिक घरायसी उपभोगका लागि चाहिने सम्पुर्ण ग्रोसरी सामग्रीहरु उपलब्ध रहेका छ्न। सो डिपार्टमेन्टलका संचालक युवा व्यवसायी सुर्य श्रेष्ठ हुनुहुन्छ ।

श्रेष्ठले आफ्नो जिवनको लामो समय देखि विभिन्न व्यापार व्यवसायमा संलग्नता हुँदै आउनु भएको छ।

उनको लगनशीलता र अनुभवले खारिदै गएपछि एक पछि अर्को सफलता हासिल गर्दै व्यवसाय गर्न सक्षम हुनुभएको छ।

उदघाटन समारोहमा उपस्थित वक्ताहरूले बोल्ने क्रममा श्रेष्ठको धैर्यता ईमानदारता उसको व्यवसाय प्रतीको सत्कर्म र निष्ठाको कारण आज आएर उ व्यापारमा सफलता प्राप्त गरेको जिकिर गरे

व्यवसाय गर्न एउटा व्यापारीमा दक्षता क्षमतावान सिकाइ भोगाइ र सरल व्यक्तित्त्व तथा पोलिसी हुनुपर्ने र यी सबै गुण श्रेष्ठमा भएको हुदा सफलता को मार्गविन्दुमा रहेको बताएका थिए।

एकै छानामुनी कस्मेटिक आइटम, दाल,चामल फलफूल तथा ताजा तरकारी लगायतका सामानहरु सुपथ मुल्यमा उपलब्ध रकेको श्रेष्ठले बताए ।

श्रेष्ठका अन्य व्यवसायहरु पोखराको सिद्धार्थ चोकमा रहेको फिस्टेल मिट सप्लायर्स दोमो दोमो रेस्टुरेन्ट रहेका छन भने असल साथी मिडिया प्रा.लि.का सल्लाहकार समेत रहेका छन।

विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न

पोखरा । विकास र वातावरण बीच सन्तुलन कायम गर्न कास्कीमा एक दिवसीय समन्वय गोष्ठी सम्पन्न भएको छ। डिभिजन वन कार्यालय, कास्कीको आयोजनामा र जिल्ला समन्वय समितिको समन्वयमा आयोजित कार्यक्रममा वातावरण संरक्षण र दिगो विकासका विषयमा छलफल भएको छ।

डिभिजन वन अधिकृत कोमल काफ्लेले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै मानव क्रियाकलापले प्रकृतिमा गहिरो प्रभाव पारिरहेको उल्लेख गर्नुभयो। उहाँले सामुदायिक वनका प्रमुख आफ्नो काम, कर्तव्य र अधिकारबारे स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नागरिक समाजको तर्फबाट राम बहादुर पौडेलले सामुदायिक वन उपभोक्ता समितीहरूमा कमी कमजोरी भए तीनलाई जवाफदेही र उत्तरदायी बनाउन आग्रह गर्नुभयो। साथै, डढेलो नियन्त्रणमा समुदायको भूमिका महत्त्वपूर्ण भएको भन्दै सर्वसाधारणलाई डढेलो लगाउने बहानाबाजी नगर्न सुझाव दिनुभयो।

सामुदायिक वन उपभोक्ता प्रतिनिधिहरूले पदमार्ग र वनसम्म पुग्ने पहुँच मार्गको व्यवस्थापनमा वनको सरोकावालाहरुले ध्यान दिनुपर्ने , वन क्षेत्रमा पानीको स्रोत व्यवस्थापन र जल क्षेत्रको संरक्षण गर्न स्थानीय तहले योजना बनाउनु पर्ने, सुकेका रूखहरूको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् । साथै, डढेलो नियन्त्रणका लागि सीप, दक्षता र क्षमता विकासका कार्यक्रमहरूको आवश्यकता औंल्याएका छन् ।

गोष्ठीमा सहभागी अधिकांश वक्ताहरूले वन क्षेत्रमा वर्षेनी हुने डढेलो कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए।

डढेलो नियन्त्रणका लागि समुदायको सक्रियता र सरकारी निकायहरूको ठोस योजना आवश्यक रहेको भन्दै प्रदेश वन निर्देशनालयले स्कूल शिक्षा कार्यक्रम सुरु गरेको प्रदेश वन निर्देनालयका उपसचिव घनेन्द्र खनालले जानकारी दिनु भयो ।
सुकेका रुख, घास तथा पतझरको व्यवस्थापन, उपभोक्ताले सही तरिकाले उपभोग गर्ने र सही समयमा स्थानीयको निगरानीमा अग्नि रेखा बनाई डढेलो लगाउन सकिने विज्ञहरुले सुझाव दिएका छन् ।

प्रदेश तथा संघको नीति तथा कार्यक्रमले करिब १ करोड ३९ लाख विनियोजन गरेको छ ।

गत आर्थिक वर्षमा कास्कीमा झण्डै १० हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको भन्दै स्थानीय तहसँग समन्वय गरी मानव निगरानीमा गरिने आगोलागीले वन, वन्यजन्तु र पर्यावरण कम क्षति हुने तथा वातावरण संरक्षणमा समान ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ ।

गोष्ठीमा प्रदेश वन मन्त्रालय गण्डकी, वन निर्देशनालय, वन अनुसन्धान केन्द्र, जिल्ला समन्वय समिति, वातावरण तथा नागरिक अधिकारकर्मी, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश, र विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरूको सहभागिता थियो।

विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न

प्रल्हाद अधिकारी, पोखरा । कास्कीको मादी गाउँपालिका ५ मा रहेको विद्याज्योति आधारभुत विद्यालयले आफ्नो स्वर्ण महोत्सव मनाएको छ ।

विद्यालय स्थापनाको ५० वर्ष पुगेको अवसरमा गएको पुस २७ देखि २९ गते सम्म ३ दिन विभिन्न कार्यक्रमको आयोजना गरि स्वर्ण महोत्सव मनाएको विद्यालयका भुपू विद्यार्थी तथा शिक्षक अभिभावक संघका संयोजक रुद्र अधिकारीले जानकारी दिनुभयो । ३ दिने कार्यक्रम अन्तर्गत रहेर विद्यालयले पहिलो दिन विद्यालय परिसरमा स्थापना गरिएको शिलालेखको अनावरण गरिएको थियो । शिलालेखको अनावरण मादी गाउँपालिकाका अध्यक्ष देविजङ गुरुङ्गले गर्नु भएको थियो। सोहि दिन मादी गाउँपालिका भित्रका ८ वटा आधारभुत विद्यालयहरुबीचमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको थियो ।

त्यस्तै, स्वर्ण महोत्सवको दोस्रो दिनमा भू.पु विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, पूर्व व्यवस्थापन समिति, शिक्षक अभिभावक सघं, विद्यालयका कर्मचारीबीच अन्तरक्रिया र आगामी दिनमा गरिने योजना र विगतको बारेमा छलफल भएको थियो । कार्यक्रको तेस्रो दिन समापन कार्यक्रम विभिन्न विधामा पुरस्कार वितरण, विभिन्न खेलहरु, स्थानिय आमा समुहबाट परम्परागत र संास्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर गुरुङ्ग, पुर्व संस्थापक विद्यार्थी तथा नेपाली काग्रेंस कास्कीका निवर्तमान अध्यक्ष कृष्ण केसी, मादी ५ का वडा अध्यक्ष तथा पूर्व विद्यार्थी हुमनाथ अधिकारी, मादी ४ का वडा अध्यक्ष शिव सापकोटा, नेपाली काग्रेंस कास्कीका सचिव तथा पूर्व विद्यार्थी भानु ढकाल, वडा सदस्य पार्वति रानामगर, वडा सचिव बुद्धिराज लामिछाने, विद्यायका शिक्षक महेन्द्रराज देवकोटा, पूर्व विद्यार्थी कुमबाहदुर गुरुङ लगायतले कार्यक्रममा आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालय स्मारिका २०८१ लोकापर्ण गरिएको छ ।

त्यसैगरी, कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र पौडेलले विद्यालयको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो। ३ दिन सम्म संचालन रहेको उक्त कार्यक्रमको संचालन विद्यालयको सह-प्रधानाध्यापक कृष्ण कुमारि आचार्य अधिकारीले गर्नु भएको थियो ।

कार्यक्रमका थप फोटाहरु :

मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास

पोखरा । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको भौतिक संरचना निर्माणको थालनी भएको छ ।

शुक्रबार गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित समारोहमा गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासमा गण्डकी प्रदेश सरकार र कोरिया इन्टरनेशनल को–अपरेसन एजेन्सी (कोइका) बीच सहयोग सम्झौता भएको छ ।


प्रतिष्ठानको पूर्वाधार निर्माण र विभिन्न विधामा शैक्षिक कार्यक्रमका लागि ९० लाख अमेरिका डलर अर्थात् १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी खर्च गर्नेगरी गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइकाका नेपालस्थित कन्ट्री डाइरेक्टर मुहेन कङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । समारोहमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमेतको उपस्थिति थियो ।

शुक्रबार नै फेदीखोला गाउँपालिका वडा १, गुर्धुममा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवन शिलान्यास समेत भएको छ।
सम्झौताबमोजिम कोरियाली सरकारमार्फत कोइकाले यो परियोजना सन् २०२५ बाट सुरु भई पाँच वर्षसम्म सञ्चालन हुने छ । यो परियोजना कोइका र जिटिइभिटीएले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन् ।

मुख्यमन्त्री पाण्डेले फेदीखोला–१ मा निर्माण गरिने प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, गण्डकी प्रदेशसभाका सदस्य सुधीरकुमार पौडेल, पञ्चराम गुरुङ, सीताकुमारी सुन्दास, कोइकाका नेपालस्थित कन्ट्री डाइरेक्टर मुहेन कङ, फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी लगायत उपस्थित थिए ।

प्रदेशका निम्ति आवश्यक आफ्नै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित शुक्रबार शिलान्यास भएको प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवन आगामी सन् २०२६ को अगस्तसम्म सम्पन्न हुने लक्ष्य छ । जसको लागत ३ करोड ५५ लाख १९ हजार १ सय ९१ रुपैयाँ (भ्याटसहित) छ । निर्माणको जिम्मा आरुषी कन्स्ट्रक्सन, पोखराले पाएको छ ।

यो परियोजनाको मुख्य उद्देश्य २१ औं शताब्दीको घरेलु तथा अन्तर्राष्ट्रिय आवश्यकतालाई पूरा गर्न सक्षम जनशक्ति उत्पादन गर्नु रहेको छ । परियोजनाले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम नीति र १५औं राष्ट्रिय योजनासँग समन्वय गर्दै निर्माण क्षेत्रको आवश्यकता पूरा गर्न र रोजगारको अवसर बढाउन सहयोग पु¥याउने जनाइएको छ ।

कोइकाले ४ हजार ५ सय ३० वर्गमिटरको प्राविधिक शिक्षालय भवन निर्माण गर्ने योजना बनाएको छ । जसमा कक्षाकोठा, कार्यशाला, छात्रावास (महिला छात्राका लागि) लगायतका आवश्यक उपकरण, फर्निचर, र शैक्षिक सामग्री हुनेछन् । साथै, कोइकाले प्राविधिक शिक्षालयको मास्टर प्लान, स्थानीय आवश्यकता अनुरूप छोटो समय तालिम, सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको सहकार्य विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग प्रदान गर्नेछ ।

मुख्यमन्त्री पाण्डेले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गरे । उनले यो परियोजनाले नेपाललाई आर्थिक समृद्धि हासिल गर्न आवश्यक दक्ष र सक्षम जनशक्ति उत्पादन गर्नेमा विश्वास व्यक्त गरे । उनले परियोजनाको सफलताको कामना गरे ।

कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर कङले उक्त परियोजनाले युवा, महिला र सिमान्तकृत व्यक्तिहरूलाई गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्न अवसर प्रदान गर्ने बताए । तिनीहरूलाई आजको तीव्र रूपमा विकास भइरहेको रोजगारी बजारमा अघि बढ्न आवश्यक सीपले सुसज्जित गर्ने उनको भनाइ थियो ।

सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले यो परियोजनाले देशभित्र दक्ष र सक्षम जनशक्ति उत्पादन गर्न सहयोग गर्ने बताए । उनले नेपाल सरकारलाई लगातार सहयोग गरेकोमा कोइकाप्रति धन्यवाद व्यक्त गरे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले अटोमोबाइल, इलेक्ट्रिोनिक्स, टुरिजज्म एण्ड हस्पिटालिटी क्षेत्रमा अध्ययन अध्यापन हुने बताए । त्यसका लागि पाठ्यक्रम निर्माण तयारी भइरहेको बताए । यसबाट गण्डकी प्रदेशका लागि आवश्यक प्राविधिक दक्ष जनशक्ति यहीबाट उत्पादन हुने उनको विश्वास छ ।

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लामो समयको प्रतीक्षाको घडी समाप्त भएको बताए । उनले प्रतिष्ठान निर्माणसँगै गाउँमै प्राविधिक तथा व्यावसायिक शिक्षा उपलब्ध हुने भएपछि सिंगो गाउँपालिकामात्र प्रदेशभरलाई लाभ मिल्ने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका लागि यहाँ कुल १ सय ६० रोपनी जग्गा प्रदेश सरकारको नाममा ल्याइएको छ । जग्गा उपलब्ध गराउन २२ रोपनीमा फैलिएको शिवालय आधारभूत विद्यालयलाई सर्केटारी सारिएको थियो । जग्गा दिएर सहयोग पु¥याएकोमा उक्त स्कुलको विकासका लागि सरकारले पहिलो प्राथमिकता दिने मुख्यमन्त्री पाण्डेले उद्घोष गरे ।

प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकमार थापाको अध्यक्षतामा भएको शिलान्यास समारोहमा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले बोलेका थिए । कार्यक्रम संचालन प्रतिष्ठानका उपसचिव हरिबहादुर खपाङ्गी मगरले गरेका थिए । गाउँमा प्रतिष्ठान निर्माण अघि बढेपछि खुसीयालीमा गाउँलेले अतिथिहरुलाई फूलमालाले स्वागत गरेका थिए ।

संस्कृत युवा मञ्चको सातौं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । संस्कृत युवा मञ्च नेपालको सातौं साधारण सभा तथा सेतिगण्डकी साप्ताहिक दिव्य महाआरती स्थलमा नवनिर्मित ट्रस्टको उद्घाटन बुधवार एक कार्यक्रमका बीच पोखरामा सम्पन्न भएको छ ।


आरती स्थल पोखरा -९ शान्तिघाटमा मञ्चका अध्यक्ष विश्वराज सापकोटाको अध्यक्षता तथा पोखरा महानगरपालिका वडा नं – ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मञ्चका उपाध्यक्ष महेन्द्र पौडेलले स्वागत मन्तव्य तथा सचिव दिवाकर पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो । पोखरा महानगरपालिक वडा नं ९ को आर्थिक सहयोग र स्थानिय तथा मञ्चको जनसहभागितामा नवनिर्मित ट्रष्ट उद्घाटन साथमा मञ्चको सातौं साधारण सभा कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि मर्सानीले सनातन हिन्दु धर्ममाथि अहिले विभिन्न कोणबाट आक्रमण हुन थालेको, नदिनालाहरूलाई प्रदुषित बनाउने काम दिनानुदिन बढिरहेका बेला गण्डकी माताको संरक्षण एवं महिमा सम्बर्द्धन हेतुको लागी युवा मञ्चले सेतिगण्डकी साप्ताहिक दिव्य महाआरती गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले समाजमा राम्रो सन्देश दिएको र संस्कृत युवा मञ्चलाई यस्तै सामाजिक तथा धार्मिक कार्यमा लाग्न शुभकामना दिँदै त्यस्ता कार्यमा आफ्नो पूर्ण सहयोग र समर्थन रहिरहने बताउनुभयो । कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै विशिष्ट अतिथि बालयोगेश्वर विजय कृष्णजी महाराजले धर्म, संस्कार, संस्कृति र संस्कृतको संरक्षणका निम्ति संस्कृत युवा मञ्च नेपालले उदाहरणीय काम गरेको भन्दै संस्थाले गर्ने यस्ता राम्रा कार्यहरूमा आफ्नो साथ, सहयोग र समर्थन रहने कुराको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै उहाँले धार्मिक जागरणका निम्ति संस्थालाई देशैभरी क्रियाशील गराउनु पर्छ भन्दै प्रोत्साहन गर्नुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका सह- प्राध्यापक डा. भोलानारायण रेग्मी पोखरा महानगरपालिका वडा नं ९ का वडा सदस्य लक्ष्मी पहारी, नन्दराम गिरी, संस्थाका संस्थापक अध्यक्ष रामप्रसाद सिग्देल, निवर्तमान अध्यक्ष रामकृष्ण अर्याल, शान्तिवन बाटिका टोल विकास संस्थाका अध्यक्ष शेषनारायण पौडेलले आफ्नो भनाईहरू राख्नुभएको थियोे ।


कार्यक्रममा अध्यक्ष, सचिव तथा कोषाध्यक्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी सर्वसहमतिमा पारित गरिएको संस्थाका कोषाध्यक्ष भवानी शंकर शर्माले जानकारी गराउनु भयो ।

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा दराजमा १८ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडकोे १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ ।

पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गर्दैछ ।

यो छुट योजना पौष १८ गते विहिबारदेखि पौष २४ गते बुधबारसम्म रहनेछ ।

यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिद मुल्यमा १८ प्रतिशत छुट पाउनेछन् । साथै, छुटसहित बैंकले १८ जना ग्राहकहरुलाई एयरबड प्रदान गर्नेछ ।

ग्राहकहरुले दराजबाट न्यूनतम् रु. १,८०० को खरिद गर्दा १८ प्रतिशतको छुट प्राप्त गर्न योग्य हुनेछन् । साथै, बैंकको कार्ड प्रयोगकर्ताले यस योजना अवधिमा आफुले खरिद गरेको मुल्यमा १८ प्रतिशत, रु. १८०० सम्ममात्र छुट पाउनेछन् ।

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुटकोे अनुभव सुनिश्चित गर्दै आएको छ ।

यसरी बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।