आउदो चैत्र १४ गतेदेखि १७ गतेसम्म पोखरामा प्रथम नाडा प्रेजेन्ट्स वाडा अटो शो हुदै

पोखरा ,चैत्र ६ गते
पोखरामा चार दिन सम्म ” प्रथम नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२५ ” शुरू हुने भएको छ। सवारी साधन खरिद विक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको संघ बढिरहेको अवस्थामा पोखरामा पर्यटनको राजधानी शहर पोखरामा पहिलो पटक नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलम एशेोनिरसनद्वारा चैत्र १४ गतेदेखि १७ गतेसम्म पोखरा(१२ स्थित अमरसिंह खेल्कुद मैदानमा प्रथम नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२५’ को आयोजना गरिने भएको छ।
बृहत अटो प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबद्दक रहेका छन् भने पोखरा उद्योग बाणिज्य संघ, युनाइटेड क्लब पोखरा तथा प्रदर्शनीस्थल उपलब्ध गराई दिएर अमरसिंह मा।वि। सहयोगी संस्था रहने भएको विज्ञप्ति मार्फत आजको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो। ।
नविनतम् सवारी साधनका मोडलहरू, आधुनिक प्रविधिहरू तथा यस क्षेत्रका अन्य सेवा प्रदायकहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५ मा स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरूको भेलाले गण्डकी प्रदेशमा सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने वाडा उपाध्यक्ष एवं वाडा अटो शो २०२५ का संयोजक निरन के सीले जानकारी गराउनु भएको थियो। साथै यस प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यावसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बन्न सक्ने आयोजकहरूको विश्वास लिएको छ। शो को अनुमानित खर्च रु साठी लाख लाग्ने भनिएको छ।
राष्ट्रिय महत्वका आयोजनाहरू तथा स्थानीय विकासका कार्यक्रमहरू सवारी साधन बिना कल्पना मात्र पनि गर्न नसकिने अवस्था भैसकेकोले गर्दा यस प्रदर्शनीले बजारको मागलाई चित्रण गर्दै सवारी साधनको अपरिहार्यता बारे समस्टिगत धारणा बनाउन तथा त्यस अनुरूप निति गतका लागि पनि सहयोग गर्ने विश्वास निरन के सी ले पत्रकार सम्मेलन मा जानकारी गराउनु भएको थियो।
प्रदर्शनीमा १९ वटा ब्राण्डका ४(पाङ्ग्रे ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा बाण्डका २(पाङ्ग्रे लगाएत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एसोसेरिजहरू तथा वित्तीय संस्थाहरुका २० वटा स्टला रहने छन् भने प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यलयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तया ट्राफिक नियम पालना सम्बन्धी विषिध जानकारी मुलक कार्यक्रमहरू गर्नु का साथै सञ्चालन गरिने छन् भने पोखरा लायन्स क्लवको सहयोगमा चैत्र १५ प्रदर्शनी परिसर भित्र रक्तदान कार्यक्रम समेत सन्चालन गरिने आयोजकले जानकारी गरिएको थियो।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ७, बिहीबार २०:३८पोखरामा ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै
समाचार२०८३ जेष्ठ ५, मंगलवार ०६:३४किशाेरीहरूको लागि आत्मरक्षा तालिम सम्पन्न
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा
समाचार२०८३ बैशाख २१, सोमबार १५:४२फेवा मापदण्डमा विज्ञको आपत्ति: ६५ मिटरको रेखालाई ‘वैज्ञानिक आधारविहीन’ को संज्ञा









