श्री गण्डकी कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैनः वडा अध्यक्ष आचार्य

पोखरा महानगरपालिका वार्ड नं। ७ का वडा अध्यक्ष राम मोहन आचार्यले पोखरा महानगरपालिका वडा नं। १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन नसक्ने बताएका छन् । मंगलबार महायज्ञमा प्रमुअ अतिथीको रुपमा सहभागी भएका आचार्यले उक्त कुरा बताएका हुन् ।

“यो कोटिहोम महायज्ञ हामी सबैलाई धार्मिक बनाउने छ । पछिल्लो समयको विकृतीहरुलाई हरण गर्नको लागि पनि यो कोटिहोम महायज्ञ शिद्ध हुने छ । म त भन्छु हाम्रो आगनीमा सञ्चालन भएको यस कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैन् ।” उनले थपे –“हाम्रो ठाउँमा सञ्चालन भएको यस प्रकारको महायज्ञले हामी अत्यन्तै खुशी छौं । यो बेला साथ र सहयोग नगरे हामी सबैको लागि ठूलो भुल हुने छ ।”
त्यस्तै उनले सन् २०२५ लाई महानगरपालिकाले घोषणा गरेको पर्यटन बर्ष लाई सफल बनाउनको लागि पनि यस कोटिहोम महायज्ञ जस्तो महत्वपूर्ण माध्यम अरु हुन नसक्ने पनि बताएका छन् ।

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा अहिले श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ । चर्चित अन्तराष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा ज्यू ले कथा प्रवचन गरिरहेकी छन् त्यस्तै सुप्रिया किशोरी लगायत व्यक्तिहरुले प्रवचन गरिरहेका छन् । पछिल्लो समय भक्तजन, दानविरदाताहरुको पनि उपस्थित बाक्लिदै छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १६, बुधबार १५:४९शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य सामुहिक पहल कार्यक्रमा अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यूको मन्तव्य
समाचार२०८२ पुष १३, आईतवार १३:२५हाम्रो जस्तो नेपालमा यति धेरै सञ्चार माध्यम आवश्यक होकी होइन समिक्षा गर्नुपर्ने बताए सञ्चार मन्त्री खरेल
समाचार२०८२ पुष ७, सोमबार १२:०८ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
समाचार२०८२ मंसिर २६, बिहीबार १३:५१दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल, महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने








