गण्डकी कोटिहोम महायज्ञले इतिहास रच्ने निश्चित छः माननिय पौडेल

गण्डकी कोटिहोम महायज्ञले इतिहास रच्ने निश्चित छः माननिय पौडेल
पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञले नेपालको धार्मिक क्षेत्रमा छुट्टै इतिहास रच्ने निश्चित रहेको गण्डकी प्रदेश माननिय विन्दु पौडेलले बताएकी छन् ।

सोमबार महायज्ञमा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी माननिय पौडेलले धेरै पछि देशमा यस प्रकारको व्यबस्थित कार्यक्रम सञ्चालन भएको बताएकी छन् । साथै उनले गण्डकी कोटिहोम महायज्ञले नेपालको धार्मिक इतिहासमा इतिहास रच्ने निश्चित रहेको बताएकी छन् ।


कार्यक्रममा कोटिहोम महायज्ञको शुभकामना प्रदान गर्दै गर्दा उनले भनिन–“नेपालमा कसैले आटन नसकेको कोटिहोम महायज्ञ हाम्रो पोखरामा सञ्चालन भएको छ । यो अत्यन्तै गर्वको कुरा हो । यसले नेपालको धार्मिक क्षेत्रमा इतिहास बनाउछ नै यसको साथै पोखराका गरिमा पनि थप बलियो हुने छ ।”
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर ६, शुक्रबार १६:३८आयोजित बैंक तथा वित्तिय संस्थासंगको अन्तरक्रिया तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक २९, शुक्रबार १६:१९प्रभावकारी तरिकाले तनाव घटाउने ११ उपाय
समाचार२०८२ कार्तिक २९, शुक्रबार १५:५५रास्वपा छोडेको सन्तोष परियारद्वारा घोषणा
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २९, शुक्रबार १५:४३सुरक्षा पन्तको ‘धागो’ नेपाल र भारतमा एकसाथ रिलिज हुने








