श्री गण्डकी कोटिहोम महायज्ञमा प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिनेः उत्कृष्ट झाँकीलाई नगद सहित सम्मान

पोखरा महानगरपालिका वडा नं। १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिने भएको छ । गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक सांस्कृतीक झाँकी प्रदर्शनी कार्यक्रम गर्न लागिएको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ ।

झाँकी प्रदर्शनीमा सहभागी समूहमध्य उत्कृष्ट समूलाई नगद सहित सम्मान पनि गरिने छ । जहाँ प्रथम हुने समूहलाई रु ३१ हजार १३१ सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने भएको छ । त्यस्का साथै दोस्रो हुने झाँकी समूलाई २५ हजार ५२५, तेस्रो हुने समूहलाई रु २१ हजार १२१ र चौथो हुने समूहलाई नगद रु १५ हजार ५१५ सहित मायाको चिनो र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ ।
त्यस्तै कास्की जिल्लाभन्दा बाहिरबाट सहभागी हुने साँस्कृतीक समूहलाई आउने जाने बस भाडाको व्यबस्था गरेको पनि आयोजकले जनाएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर ६, शुक्रबार १६:३८आयोजित बैंक तथा वित्तिय संस्थासंगको अन्तरक्रिया तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक २९, शुक्रबार १६:१९प्रभावकारी तरिकाले तनाव घटाउने ११ उपाय
समाचार२०८२ कार्तिक २९, शुक्रबार १५:५५रास्वपा छोडेको सन्तोष परियारद्वारा घोषणा
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २९, शुक्रबार १५:४३सुरक्षा पन्तको ‘धागो’ नेपाल र भारतमा एकसाथ रिलिज हुने








