विश्वकप एसिया छनोट: नेपाल र हङ्कङबीचको खेल रद्द

काठमाडौँ- आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हङ्कङबीचको खेल रद्द भएको छ ।
थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायर खेलअन्तर्गत नेपाल र हङ्कङबीचको खेल बिहीबार परेको पानीले मैदान भिजेपछि टससमेत नभई रद्द भएको हो । यससँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् ।
नेपालले अब आफ्नो दोस्रो खेल यही वैशाख २९ गते हङ्कङसँग खेल्नेछ । क्वालिफायरमा आयोजक थाइल्यान्डसहित नेपाल भुटान, कुवेत, कतार, मलेसिया, हङ्कङ, बहराइन र युएई सहभागी छन् । जसलाई तीन समूहमा विभाजन गरिएका छन् ।
नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा हङ्कङ र बहराइन छन् । यसैगरी समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै भुटान र कुवेत छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार छन् ।
समूह चरण डबल राउन्ड रोबिनका आधारमा हुनेछ । सबै टोलीले आआफ्नो समूहमा रहेका टिमसँग दुई पटक खेल्नेछन् । समूहको शीर्ष टोली सुपर तीनमा प्रवेश गर्नेछन् । सुपर तीनबाट लिग चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:२१विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १२:३७क्यान्सरका अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग
खेलकुद२०८३ असार ३, बुधबार ०९:३३पहिलो खेलमै मेसीको ह्याट्रिक « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २, मंगलवार १४:२६छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत « रिपोर्टर्स नेपाल









