सिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदान

धादिङ, बैशाख २७ गते ।
नेपाल लेखापढी कानून व्यावसायी एशोसियसन धादिङका अध्यक्ष नवराज सिलवालले आफ्नो जन्मदिनको अवसर पारेर जिल्ला मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदान गर्नुभएको छ । अपाङ्गता,अशक्त तथा असहाय भएका व्यक्तिलाई हिँडडुल तथा आवतजावत गर्न सहयोग पुग्ने उद्धेश्यले मालपोत कार्यालयका प्रमुख खेमराज खत्रिको सल्लाह बमोजिम आफ्नो जन्मदिनको अवसर पारेर सिलवालले कार्यालयलाई ह्विल चियर सहयोग गर्नुभएको हो ।
सिलवालले शुक्रबार लेखापढी व्यावसायी धादिङका अगुवाहरुको उपस्थितीमा मालपोत कार्यालयका सिनियर सुब्बा बिजय न्यौपानेलाई ह्विल चियर हस्तान्तरण गर्नुभएको हो ।फजुल खर्च गरेर पार्टी मनाएर खर्च गर्नु भन्दा यो सानो सहयोगबाट आफुलाई आनन्द महसुस हुने सिलवालले बताउनुभयो ।
जन्मदिन भोलि शनिबार परेको तर शनिबार कार्यालय बिदा हुने भएकाले आजै शुक्रबार हस्तान्तरण गरिएको उहाँले बताउनुभयो।मालपोत कार्यालयका सिनियर सुब्बा बिजय न्यौपानेले अपाङ्गमैत्री वातावरणको कार्यालय बनिरहेको अवस्थामा पनि अशक्त,अपाङ्गता भएका व्यक्तिलाई कार्यालय भित्र ल्याउन असहज भईरहेको अवस्थामा ह्विल चियर सहयोग गरी सहज वातावरण सिर्जना गर्नुभएकोमा धन्यबाद व्यक्त गर्नुभयो ।
सामाजिक एवम् मानवीय सेवामा सधैं सक्रिय भूमिकामा रहनुभएका समाजसेवी सिलवालले कोरोनाको समय देखी बिभिन्न विपद्का समयमा र बिगतका बर्षहरुमा पनि जन्मदिनको अवसर पारेर अनाथ तथा असाहयलाई सहयोग गर्दै आउनु भएको छ। ज्वालामुखी गाउँपालिका निवासी उहाँ नेपाली कांग्रेस निकट तरुण दल धादिङका नेता, संघिय क्षेत्र नं २ का क्षेत्रिय अध्यक्ष समेत हुनुहुन्छ ।




लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल








