चलचित्र पत्रकारिता दिवस धनगढीमा विविध कार्यक्रमसहित सम्पन्न

काठमाडौ। चलचित्र पत्रकार संघ नेपाल, कैलालीले २६औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवस २०८२ शनिबार विविध कार्यक्रममार्फत धनगढीमा मनाएको छ। ‘सुदूरपश्चिमको भाषा, कला, साहित्य, पर्यटन र चलचित्र क्षेत्रको विकासमा सरोकारवालासँग अन्तरक्रिया’ भन्ने मूल नारासहित दिवस मनाइएको हो।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले सुदूरपश्चिमका ९ वटै जिल्लाको मौलिक संस्कृति जोगाउन राज्य गम्भीर हुनुपर्ने बताइन्। उनले कलाकारिता तथा संस्कृति क्षेत्रमा बजेट विनियोजन आवश्यक रहेको उल्लेख गर्दै निष्पक्ष पत्रकारिता आजको आवश्यकता भएको धारणा राखिन्।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीले प्रतिष्ठानको बजेट कटौती भएको गुनासो गर्दै चलचित्र महोत्सव आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बाल नरसिंह राणाले कैलालीमा थुप्रै रमणीय स्थान रहेकाले फिल्म छायांकनका लागि उपयुक्त गन्तव्य हुन सक्ने बताए। उनले कलाकार र निर्माण टोलिलाई प्रहरी प्रशासनबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए।
चलचित्र पत्रकार संघ नेपाल, कैलालीका अध्यक्ष पुष्पराज जोशीले सुदूरपश्चिममा प्रदेशस्तरीय चलचित्र विकास बोर्ड गठनको माग गरे। ‘कलाकारको संगठनबिनाको चलचित्र पत्रकार संघ अधुरो हुन्छ,’ उनले भने, ‘अरु प्रदेशमा बोर्ड गठन भएको छ, सुदूरपश्चिममा पनि गठन गर्नुपर्छ।’
कार्यक्रममा पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव शिवराज भट्ट, कैलाली अध्यक्ष श्रवण देउवा, बझाङ अध्यक्ष ललित सिंह, नेपाल प्रेस युनियनका प्रदेश उपाध्यक्ष टेकेन्द्र देउवा लगायतको उपस्थिति थियो।
चलचित्रकर्मी उदय बोहरा, कलाकार सरस्वती खड्का, बोक्टानी किङ, सुरेन्द्र संगमलगायतको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष विवेक सिंह नागरीले राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव कृत बहादुर विष्टले गरेका थिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:३१‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी
समाचार२०८३ जेष्ठ १२, मंगलवार १८:५७संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न









