हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने

हेमजा । हेमजा युनाइटेडकाे आयाेजनामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएकाे छ । पाेखरा २५ हेमजामा रहेकाे उक्त संस्थाले ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ उक्त प्रतियोगिताकाे आयाेजना गरेकाे हाे ।
पोखरा–२५, हेमजा गौरीशङ्कर खेल मैदान(गैरी)मा यहि जेठ १० देखि १७ गते सम्म ३५ वर्ष भन्दा माथि उमेर समूहबिच प्रतियाेगिता हुनेछ ।
खेलकुदको माध्यमबाट एकता भाईचार बढाउँदै खेलकुदमा अभिरुचि जगाई खेलकुदका माध्यमबाट स्वास्थ्य राख्ने साथै गौरीशङ्कर खेल मैदान(गैरी)लाई स्तरोन्नति तथा संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार रु. १ लाख ११ हजार १ सय ११ र द्धितिय पुरस्कार रु. ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको हेमजा युनाइटेडका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु. २ हजार साथमा ट्रफि प्रदान गरिनेछ ।
प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने संयाेजक कुवँरले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क नगद रु १० हजार राखिएको छ । साथै सहभागिताका लागि यही जेष्ठ ८ गते बिहीबार ५ः३० बजे सम्म टिम दर्ता गरी सक्नुपर्ने खेल समन्वय संयोजक सौरभ कार्कीले जानकारी दिए ।
पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा हुने उक्त प्रतियाेगितामा गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भुमिका रहेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18261, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन
समाचार२०८३ आश्विन ६, मंगलवार १५:५१निःशुल्क तथा अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयनमा जोड








