चैतन्यकृष्ण महाराजको बिदाई संगै देवी प्रतिभाको टोली भोलि आउने

पोखरा । पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज एकादशी विशेष महायज्ञ सम्पन्न गरिएको छ आज पनि १ लाख भन्दा बढी भक्तजनहरुको उपस्थिति कोटिहोममा भएको थियो ।
एकादशीको पावन अवसरमा वैदिक विधिबाट विविध पूजाआर्चना, हवन तथा आध्यात्मिक प्रवचनहरू सम्पन्न गरिएका छन्। महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, यस अवसरमा युवा दार्शनिक चैतन्यकृष्ण महाराजको भोलि बिदाई गरिने छ भने अनन्त श्री विभूषित १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुज्यूले भक्तिभावसहित कथा वाचन र भजन प्रस्तुत गरेका छन्।
महायज्ञका संकल्पकर्ता बालयोगेश्व विजयश्री कृष्णमूर्ति जी महाराजले पोखरा–१७ लाई कोटिहोमचोक को रुपमा घोषणा गरिएको जानकारी दिएका छन्। साथै भोलि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथावाचिका देवी प्रतिभा २५ जनाको टोलीसहित कोटिहोममा आगमन गर्नेछिन्।
देवी प्रतिभाले जेठ १६ गतेसम्म कथा प्रवचन गर्नेछिन् भने जेठ १४ देखि २२ सम्म भागवत वाचिका राधिका दासीको पनि कथा हुने भएको छ । आयोजकका अनुसार यी दुई वाचिकाको आगमनले भक्तजनको सहभागिता अझ बढ्ने समेत जानकारी दिएका छन् ।
आजको कार्यक्रममा गुरुहरू सुदिप रिमाल, मिन राज गुरुङ्, यज्ञ प्रधान आचार्य लक्षमण भण्डारी, सुरेश रेग्मी, योगी आनन्द प्रेम, चैतन्यकृष्ण महाराज लगायत धेरैजसो विशिष्ट साधु–सन्तहरूको सहभागिता रहेको छ।
महायज्ञमा विभिन्न सामाजिक संस्थाहरू, टोल सुधार समितिहरू, आमा समूह र व्यक्तिहरूबाट लाखौं रुपैयाँ सहयोग प्राप्त भएको छ । कोटिहोमको रक्तदान कार्यक्रममा हालसम्म ६०० भन्दा बढी युनिट रक्तदान भएको छ। साथै राष्ट्रिय भजन प्रतियोगितामा २०० भन्दा बढी समूहले भाग लिइसकेका छन्।
कोटिहोममा आज फरक क्षमता भएका व्यक्तिहरू, प्रमुख आचार्य, सामाजिक अभियन्ता र संघसंस्थाका प्रतिनिधिहरूलाई सम्मान गरिएको छ भने भोलि बाँकीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।
कोटिहोम कार्यक्रम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रम अन्तर्गत ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता, सुप्रसिद्ध मोटिभेटर डा. तारा प्रसाद गिरीद्वारा प्रशिक्षण, र विभिन्न धार्मिक क्रियाकलापहरू सञ्चालन भइरहेका छन्।
दैनिक ४ सयभन्दा बढी ब्राह्मणद्वारा हवन सञ्चालन भइरहेकाले वातावरण शुद्ध र आध्यात्मिक ऊर्जा प्रदान हुनेछ । महायज्ञमा तुलादान, ग्रहशान्ति, पितृ पुराण, विवाह, हनुमान चालीसा, रुद्राभिषेक, भूमिदान, गोदानजस्ता विविध कर्मकाण्डहरूको पनि व्यवस्था छ।
यसै क्रममा दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट थाली नृत्यसहितको सांस्कृतिक झाँकी प्रस्तुत गरिने भएको छ।
मानव सेवा फाउन्डेसनद्वारा ललितपुर र भक्तपुरमा संचालित सामाजिक अभियानको सहयोगार्थ कोटिहोम आयोजना गरिएको हो।
महायज्ञमा संसारकै सबैभन्दा सानो व्यक्तित्व मनोज गोर्खालीको पनि उपस्थिति उल्लेखनीय बनिरहेको छ। कार्यक्रमले धार्मिक, सांस्कृतिक, सामाजिक र शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पारिरहेको छ।
यहाँ १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण हुने कार्यक्रम, एक मुठी माटो ल्याएर भूमि पूजनमा सहभागी हुने व्यवस्था, विवाह इच्छुकका लागि शुभ विवाह कार्यक्रम, विभिन्न पाठ–पूजा, दान र अनुष्ठान गर्ने अवसरहरू प्रदान गरिएको छ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने
समाचार२०८२ चैत्र १०, मंगलवार १०:५६सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP
समाचार२०८२ फाल्गुन ५, मंगलवार १८:५९ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना








