बहुविवाह मुद्दामा फरार रहेका नर बहादुर राना पक्राउ

धादिङ, २०८२ जेठ १६ । धादिङ जिल्ला अदालतबाट फैसला कार्यान्वयन अन्तर्गत कैद र जरिवानाको सजाय तोकिएपछि फरार रहेका बहुविवाह मुद्दाका प्रतिवादी नर बहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ।
धादिङ जिल्ला अदालतको फैसला अनुसार एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना सजाय तोकिएका राना फरार रहँदै आएका थिए। उनलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय सुनौलाबजार धादिङबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको थियो ।
पक्राउ परेका रानालाई आवश्यक कानुनी कारवाहीका लागि सम्मानित धादिङ जिल्ला अदालत, धादिङमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी प्रशासनले कानूनको पालना नगरी फरार रहने अभियुक्तहरूलाई खोजी गरी पक्राउ गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २५, बिहीबार १२:५७स्वास्थ्यमन्त्री र नर्वेका राजदूतबिच भेट, भयाे यस्ताे विषयमा छलफल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’








