‘सक्किगोनी’ की ‘सुरु’ अब ठूला पर्दामा, ‘द ब्लु लाइट’ मार्फत डेब्यु

‘सक्किगोनी’ की ‘सुरु’ अब ठूला पर्दामा, ‘द ब्लु लाइट’ मार्फत डेब्यु

काठमाडौ । लोकप्रिय टेलिभिजन सिरियल ‘सक्किगोनी’ मार्फत दर्शकमाझ चिनिएकी कलाकार सुरक्षा इटानि अब ठूला पर्दामा पदार्पण गर्दैछिन्। उनी चलचित्र ‘द ब्लु लाइट’ मार्फत पहिलो पटक चलचित्रमा डेब्यु गर्ने भएकी छन्।

सुरक्षा इटानि आफैमा एक लोकप्रिय मोडल हुन्, जसले ४० भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। अभिनय यात्रा सानो पर्दाबाट सुरु गरेकी सुरक्षाले अब फिल्मी क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउँदैछिन्।

चलचित्रमा डेब्युको अवसर पाएकोमा उत्साहित देखिएकी सुरक्षा भन्छिन् “यो मेरो लागि निकै ठूलो अवसर हो। निकै खुसी छु –उनले भनिन्,“मेरो कलाकारिताको यात्रामा एक नयाँ अध्याय हो। चलचित्रमार्फत आफूलाई फरक रूपमा प्रस्तुत गर्न पाउने भएकाले अत्यन्त खुसी छु।

फिल्मको निर्देशन भने प्रतीक्षित चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सह–निर्देशक समेत रहेका बलिराम चौहानले गर्दै छन्, फिल्मलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ भने सह–निर्माताको रूपमा रमन ग्रे रहनेछन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   1   =