पोखरामा पर्यटन जनशक्ति र गाइड तालिमबारे अन्तरक्रिया हुने

पोखरा । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले गण्डकी प्रदेशमा विभिन्न पर्यटन संघसंस्थासँगको सहकार्यमा सञ्चालन गर्दै आएको गाइड तालिममार्फत दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका खेल्दै आएको छ।
यसै सन्दर्भमा गाइड तालिमको प्रभाव, वर्तमान चुनौती र सम्भावनाबारे गहन छलफल गर्न शुक्रबार बिहान ११ बजे नेपाल पर्यटन बोर्डको सभाहल, पोखरामा अन्तरक्रिया कार्यक्रम हुने भएको छ।
यस कार्यक्रमको तयारीका लागि आज ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको सचिवालयमा पूर्वचर्चा सम्पन्न भएको छ। छलफलमा नाथम, टान गण्डकी, पोखरा पर्यटन परिषद्, नाटा गण्डकी, विभिन्न पर्यटन मजदुर संगठनका प्रतिनिधिहरूको उपस्थिति थियो। सहभागीहरूको भनाइमा आधारित रहेर कार्यक्रमलाई अझ प्रभावकारी र समावेशी बनाउने रणनीति तय गरिएको बताइएको छ।
टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले गाइड तालिमले नेपाली युवाहरूलाई व्यावसायिक रूपमा अघि बढ्न सहयोग पुगेको बताए। ‘यो अन्तरक्रिया कार्यक्रमले जनशक्तिहरूको अनुभव र समस्या बुझ्न सहयोग गर्छ, साथै भविष्यको बाटो खुल्छ,” उनले भने।

नाथमका तालिम संयोजक अजय ढकालले तालिममार्फत सयौं युवालाई रोजगारीमा जोड्न सफल भएको जानकारी दिए। ‘हाम्रो उद्देश्य व्यावसायिक गाइड उत्पादन गर्नु हो। यो अन्तरक्रियाले तालिम अझ सुधार गर्न सहयोग पुर्याउनेछ,’ उनको भने ।
नाथमका तालिम अधिकृत रतन साउदले तालिमको प्रभावकारिता झल्किँदै गाइडहरूमा सीप र आत्मविश्वासको स्तर उच्च भएको बताए। उनका अनुसार गुणस्तरीय तालिमका कारण गाइडहरूले प्रभावकारी सञ्चार र पर्यटकसँगको व्यवहारमा सुधार देखिएको छ ।
पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पारीले दक्ष गाइड विना पर्यटकलाई सन्तुष्ट गराउन नसकिने धारणा राखे। ‘पोखरा जस्तो विश्वगन्तव्यमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा दिन सक्ने गाइड आवश्यक छन्, जसका लागि यस्ता तालिम र छलफल उपयोगी छन् ।’ उनले भने ।
कार्यक्रम सञ्चालन जिम्मेवारी सम्हाल्नुभएका टान गण्डकीका सह-सचिव भूपेन्द्र लामाले अन्तरक्रिया कार्यक्रममा सरोकारवाला सबै पक्षलाई सहभागी गराइएको जनाउँदै यसले समस्याको समाधान र अवसरको पहिचानमा मद्दत गर्ने विश्वास व्यक्त गरे।
गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक गन्तव्यहरूको केन्द्र हो। फेवा तालदेखि अन्नपूर्ण बेसक्याम्पसम्मका क्षेत्रहरूमा पर्यटकहरूको अनुभव अझै समृद्ध बनाउन दक्ष गाइडहरूको खाँचो हुँदै आएको छ।

टान गण्डकीको नेतृत्व, नाथम, पोखरा पर्यटन परिषद्, नाटा गण्डकीलगायतका संस्थाहरूको सहकार्यमा आयोजना हुने यो अन्तरक्रिया कार्यक्रमले गाइड तालिमको सुधार, रोजगारी सिर्जना, सेवा गुणस्तरमा सुधार, र पर्यटन विकासका लागि नयाँ रणनीति तय गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18591, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २६, मंगलवार २१:२४अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
समाचार२०८३ श्रावण २५, सोमबार ११:३६सुनको मूल्य २ सय रुपैयाँ घट्यो, चाँदी बढ्यो







