मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर

मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर

पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीले मादी गाउँपालिकाको सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ।

मादी गाउँपालिका वडा नम्बर ५ स्थित चण्डिका आधारभूत विद्यालयको प्रांगणमा आयोजित शिविरबाट ८१ जनाले सेवा लिएका थिए । शिविरको उद्घाटन गर्दै मादी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हुमानाथ अधिकारीले स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम गरिएको बताए ।

मादी गाउँपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक गोपाल चन्द्र बरालले हरेक व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल परिवार नियोजन सङ्घ कास्कीका सभापति नवीन सिग्देलले स्थानीय सरकार, आमा समूह, टोल विकास संस्था र क्लबहरूसँग सहकार्य गर्दै संघ अगाडि बढेको उल्लेख गरे ।

शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर प्रेम पंगेनीको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गरिएको थियो। नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले सञ्चालन गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18647, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
यो पनि पढ्नुहोस् :  जनसेवक बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा विष्णु रिजाल चयन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   1   =