‘तस्विरमा पोखरा–९’ फोटो प्रदर्शनीको तयारी

पोखरा ।
नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको आयोजनामा ‘तस्विरमा पोखरा–९’ फोटो प्रदर्शनी हुने भएको छ ।
पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा असार १३ गते (शुक्रबार) महेन्द्रपुलस्थित झण्डा पार्क नजिकैको फल्चामा फोटो प्रदर्शनी गरिने भएको हो ।
प्रदर्शनीमा पोखरा महानगरपालिका–९ क्षेत्रसँगै पोखराको ऐतिहासिक, पर्यटकीय र समसामायिक विषय झल्कने फोटो राखिने एनपीजेए कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए ।
फोटोको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनसँगै पोखराको ऐतिहासिकता दर्साउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले सुनाए । पोखरामा रहेका फोटो पत्रकारहरुको सीप र कला प्रदर्शनमा पनि यो कार्यक्रमले सघाउने उनको भनाइ थियो ।
फोटोको माध्यमबाट पर्यटकले पोखराका बारेमा छिटो जानकारी प्राप्त गर्न सक्ने भएकाले फोटो पत्रकारले गर्न लागेको कार्यक्रममा वडा कार्यालयले साथ दिएको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए ।
पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको र पोखरा भ्रमण वर्ष २०२५ सञ्चालन भइरहेको समयमा फोटो प्रदर्शनी महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18716, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म
समाचार२०८३ भाद्र ६, शनिबार २०:२५फेज–टु यात्रामा सल्युट गोर्खाका १०७ प्रशिक्षार्थी, बिदाइसँगै सफलताकाे शुभकामना
समाचार२०८३ भाद्र ५, शुक्रबार १०:४१पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी
समाचार२०८३ भाद्र ४, बिहीबार १९:०६पोखरामा भदौ २० गते ‘ओशो मेगा क्याम्प’ आयोजना हुँदै







