गण्डकी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता सुरु

दमौली (तनहुँ), १० असार । गण्डकी प्रदेश कबड्डी सङ्घको आयोजना, प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सोमबारदेखि दमौलीमा अन्तरजिल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा प्रदेशभित्रका तनहुँ, गोरखा, नवलपुर, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पण्डितले जानकारी दिए । उद्घाटन खेल व्यास नगरपालिका–३ बास्केटबल कोर्टमा खेलाइएको थियो भने आज र भोलिका खेल व्यास नगरपालिका–१ फुटसल मैदानमा हुनेछन् ।
प्रतियोगिताअन्तर्गत पहिलो दिनका पाँच खेल सम्पन्न भएका छन् । तनहुँ र स्याङ्जाबीच भएको खेलमा तनहुँ, नवलपुर र म्याग्दीबीच भएको खेलमा नवलपुर, कास्की र गोरखाबीच भएको खेलमा कास्की, बागलुङ र पर्वतबीच भएको खेलमा बागलुङ तथा तनहुँ र नवलपुरबीच भएको खेलमा नवलपुर विजयी भएको छ ।
गण्डकी प्रदेश कबड्डी सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा भएको खेलमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैलगायत वक्ताले आ–आफ्नो धारणा राखेका थिए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान









