प्रतिभा मावि (मन्टेश्वरी व्लक) का बालबालिकाहरुले खेतमा नै मनाए धान दिवस

पाेखरा । प्रतिभा मा विमा नर्सरीदेखि कक्षा १ सम्म (मन्टेश्वरीका व्लक) मा अध्ययनरत बालबालिकाहरुले खेतमा नै गएर धान दिवसमा मनाएका छन् ।
राष्ट्रिय धान दिवसकाे अवसरमा विद्यालयले बालबालिकालाई भलाम फाँटमा भएकाे राेपाईँ महाेत्सवमा लगेकाे हाे ।

नेपाली खाना, संस्कृति र किसानको मिहिनेत सम्झिने विशेष दिनकाे रुपमा मानिने असार १५ मा किसान, खेत र परम्पराको सम्मान गर्न सिकाउने उद्देश्यले बालबालिकालाई राेपाईँ गराउन खेतमा लगिएकाे मन्टेश्वरी व्लग काेअर्डिनेटर निर्मला सुवेदीले जानकारी दिईन् ।

‘हामी हाम्रा बालबालिकालाई सैद्वान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान पनि सिकाउँछाैं ।’ उनले भनिन्-‘धान दिवस मार्फत बालबालिकाले कृषि, धान रोप्ने प्रक्रिया, र खाद्य उत्पादन कसरी हुन्छ भनेर अनुभवात्मक सिकाइ गर्न सक्छन् भन्ने विश्वास लिएका छाैं ।’ उनले विद्यालयमा बालबालिकालाई विभिन्न दिवस, जयन्ती, चाडपर्व लगायतका अवसरहरुमा पनि साेहि अनुसारकाे व्यवहारिक ज्ञान दिने गरेकाे बताईन् ।

धान दिवसमा बालबालिकाहरुले प्रत्यक्ष खेतमा हिलाेमा खेल्दै रमाउँदै, खेत खन्ने, धान राेप्ने लगायतका कार्यमा सरिक भए । यस अवसरमा उनीहरुले धान राप्ने कार्यमा प्रयोग हुन उपकरणहरू, हलो, ट्याक्टर, कोदाली आदिको चिनारी पाए भने आफूले खाने चामल खेतमा कसरी उम्रिन्छ भन्ने कुरा देखेर सिक्न पाए ।

धान राेप्ने व्यवहारिक सिकाईले किसानहरूले खेतमा कस्तो मेहनत गर्छन्। यसले गर्दा उनीहरूमा कृषकप्रतिको कदर र कृतज्ञता गर्नुपर्छ भन्ने कुरा बुझ्न पाए ।

कतिपय बालबालिकाहरु संस्कृति झल्कने पहिरनमा समेत सहभागी थिए । जसले नेपाली परम्परा र संस्कृति चिनाउन मद्दत गरेकाे थियाे भने खाजाकाे रुपमा खाएकाे दहि चिउराले नेपाली खानाकाे महत्वलाई पनि बुझाएकाे छ ।
धान दिवस केवल कृषि होइन, यो हाम्रो संस्कृति, गीत, नृत्य र सामुहिक मेलमिलापको उत्सव हो। यसले बालबालिकाले परम्परा बुझ्न र नेपालीपनको गर्व अनुभव गर्न सक्छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18790, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








