कास्की जिल्ला पूर्णखाेप सुनिश्चितता घाेषणा

पाेखरा । कास्की जिल्लालाई पूर्णखाेप सुनिश्चितता घाेषणा गरिएकाे छ ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले साेमबार एक जिल्लालाई पूर्णखाेप सुनिश्चितता घाेषणा गरेका हुन् । घाेषणासँगै कास्की जिल्ला पूर्णखाेप सुनिश्चितता घाेषणा गर्ने पहिलाे जिल्ला समेत बनेकाे छ ।
जिल्लामा खोप लगाईरहेका १६ देखि २३ महिना उमेर समुहका बालबालिका ४७६२ जना छन भने पूर्णखोप प्राप्त १६ देखि २३ महिनाका ४७१६ वालवालिकाले पूर्णखोप लिएको र खोप छुट भएका ४६ जनालाई पनि खोप लगाईएकाे छ ।

कास्की जिल्लामा पाँचवटै स्थानीय तहहरुमा रहेका स्वास्थ्य संस्था तथा वाह्य २३० खोप केन्द्रहरुमार्फत नियमित खोप सेवा प्रदान हुदै आएको छ । खोप पाउनु पर्ने उमेर समुहका सबै वालवालिकहरुले नेपाल सरकारले उपलब्ध गराएका सबै खोप हरु पुरा गरेको सुनिश्चत गरी कास्की जिल्लाले पहिलो पटक २०७५ असार २७ गते जिल्ला पूर्ण खोप घोषणा गरे पश्चात नयाँ जन्मने तथा अन्यत्रवाट कास्की जिल्ला भित्र आई बसोवास गर्ने सबै बालबालिकाले पाउनु पर्ने सबै खोप पाएको सुनिश्चत गर्ने गरेकाे छ।
खोप कार्यक्रम नेपाल सरकारको प्राथमिकता प्राप्त र सबै भन्दा लागत प्रभावी (Cost Effective) जनस्वास्थ्य कार्यक्रम हो। वाल, शिशु र नव शिशु मृत्युदर घटाउन महत्वपूर्ण भूमिका रहेको यस कार्यक्रमलाई जन स्वास्थ्यको प्रमुख सफल कार्यक्रम मानिन्छ।
खोपकै माध्यमवाट २०३४ साल वैशाख १ गते विफर उन्मुलन भएको घोषणा भए पश्चात विस्तारित खोप नायोजना स्थापना भै ४ वटा रोगहरु (क्षयरोग, भ्यागुते रोग, लहरेखोकी र धनुष्टंकार) विरुद्धका खोपहरु ३ जिल्लाबाट शुरु भै हाल देशै भरी १६००० भन्दा बढी खोप केन्द्रहरु मार्फत १४ रोग विरुद्धका खोपहरु जन्मेदेखि १५ महिना सम्मका बालवालिका तया गर्भवति महिलाहरुलाई प्रदान गरिदै आएको छ।
खोपबाट बचाउन सकिने रोगहरुको नियन्त्रण निवारण र उन्मुलन गरी अपाङ्गता दर तथा मृत्यु दर कम गर्नु खोप कार्यकर्मको उद्देश्य हो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18818, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








