पुस्तक ‘नेपाली चलचित्रमा पहिलो’ सार्वजनिक

काठमाडौं। नेपाली चलचित्र इतिहासको महत्वपूर्ण दस्तावेजका रूपमा तयार पारिएको पुस्तक ‘नेपाली चलचित्रमा पहिलो’ चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ।
महेन्द्र पुलिस क्लबको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ रहेका थिए। चलचित्र विकास बोर्डको प्रकाशनमा तयार पारिएको यो पुस्तकमा नेपाली फिल्म उद्योगमा भएका विविध ‘पहिलो’ उपलब्धिहरूलाई तथ्यसहित संकलन गरी प्रस्तुत गरिएको छ।
पुस्तकका लेखक चलचित्र निर्देशक कमल एक्चै मगर हुन् भने सम्पादनको जिम्मेवारी वरिष्ठ रङ्ग पत्रकार शान्तिप्रियले सम्हालेका छन्। नेपाली चलचित्रको प्रारम्भकालदेखि हालसम्मको यात्रा समेटिएको यो कृतिमा पहिलो चलचित्र, पहिलो अभिनेत्री, पहिलो निर्देशक, विभिन्न भाषामा निर्माण भएका चलचित्र, पहिलो पुरस्कार तथा सम्मानप्राप्त फिल्म र व्यक्तित्वहरूको तथ्यगत विवरण प्रस्तुत गरिएको छ।
लेखक कमल एक्चै मगरका अनुसार, “पुस्तकले नेपाली चलचित्रको विकासयात्रालाई सरल भाषामा प्रस्तुत गर्ने प्रयास गरेको छ, जसले अध्ययन, अनुसन्धान तथा चलचित्रप्रेमीहरूका लागि उपयोगी स्रोतको रूपमा काम गर्नेछ।”
कार्यक्रमको समापनमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सीले भने, “यो संस्करण पहिलो प्रयास हो। केही सामग्री छुटेको हुन सक्छ, अथवा भविष्यमा नयाँ इतिहासहरू थपिँदै जानेछन्। त्यसलाई समेट्दै पुस्तकको दोस्रो संस्करण चाँडै ल्याउने तयारीमा छौँ।”
‘नेपाली चलचित्रमा पहिलो’ नामक यो पुस्तकको संयुक्त विमोचन सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, पहिलो नेपाली अभिनेत्री भुवन चन्द, वरिष्ठ कलाकार एवं पूर्व बोर्ड अध्यक्ष कृष्ण मल्ल, निर्देशक तुलसी घिमिरे, संगीतकार शम्भुजित बास्कोटा र वर्तमान अध्यक्ष दिनेश डि.सीले गरेका थिए ।
कार्यक्रममा सहभागी चलचित्रकर्मीहरूले पुस्तकलाई नेपाली फिल्म इतिहासको दस्तावेजिकरणमा एउटा कोसेढुंगाको रूपमा स्वागत गरेका थिए। यस कृतिले विगत छ दशकको नेपाली चलचित्र यात्रालाई संक्षिप्त, तथ्यपरक र व्यवस्थित ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार ०८:१९‘१२ गाउँ २’ को ब्रेकडान्स शैलीको ‘जुनेली’ सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २९, सोमबार २१:३६रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
समाचार२०८३ भाद्र २९, सोमबार २०:३०बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
समाचार२०८३ भाद्र २९, सोमबार १७:२९अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित









