कलवार युवा समितिको कार्यक्रममा ६३ युनिट रगत संकलन

पोखरा । कलवार युवा समिति पोखराको रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएकाे छ । कलवार कल्याणकारी सेवा समाजको सहयोगमा समितिले पोखरामा शनिबार दोस्रो खुला रक्तदान कार्यक्रम गरेकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि तथा कलवार कल्याणकारी सेवा समाजका अध्यक्ष अशोक कुमार चौधरीले रक्तदानलाई जीवनदायी कदम भन्दै सबैलाई निरन्तर सहभागी हुन आग्रह गरे। हामीले दिएको एक युनिट रगतले ज्यान जोगिन सक्छ। साथै, ‘रक्तदानले दाता स्वयंको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ ।’ उनले स्पष्ट पारे।

कलवार युवा समिति पोखराका अध्यक्ष रोहित कुमार चौधरीले कार्यक्रममार्फत युवाहरूलाई सामाजिक कार्यमा एकजुट बनाउन खोजिएको बताए। ‘हामी युवा जनशक्तिमा आधारित भएर विभिन्न सामाजिक कार्य गर्दैछौं। रक्तदानजस्तो पुण्य कार्यमार्फत मित्रता र सद्भावको सन्देश फैलाउने प्रयास गरेका छौं ।’उनले भने।
कार्यक्रममा सहभागी २० वटा सामाजिक संस्थाहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो। यसमार्फत समुदायबीचको एकता र सहकार्य अझ प्रगाढ हुने आयोजकको विश्वास छ।

कार्यक्रम सफल बनाउन रक्तदाता, स्वयंसेवक, संस्थागत प्रतिनिधि र सहयोगी सबैलाई आयोजकले धन्यवाद ज्ञापन गरेकाे छ । सामाजिक उत्तरदायित्वप्रति युवालाई प्रेरित गर्ने र समाजमा सकारात्मक ऊर्जा फैलाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता आयाेजकले जनाएकाे छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18864, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








