‘विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना भविष्य निर्माणतर्फको ठूलो कदम हो’ : मन्त्री थापा

पोखरा ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखरा–९ स्थित श्री सहारा बाल आधारभूत विद्यालयमा नवस्थापित विज्ञान प्रयोगशालाको उद्घाटन गर्दै यसलाई बालबालिकाको उज्यालो भविष्य निर्माणतर्फको महत्वपूर्ण कदमको रूपमा टिप्पणी गरेका छन् ।
प्रयोगशाला शुभारम्भका साथै विद्यालयलाई विभिन्न दाताहरूको सहयोगमा प्राप्त प्रोजेक्टर, साउन्ड सिस्टम र फर्निचर सामग्रीको पनि औपचारिक हस्तान्तरण गरिएको उक्त कार्यक्रममा मन्त्री थापाले भने, “हामीले चाहेको परिवर्तन यस्ता विद्यालयमै हुन्छ, जहाँ विज्ञान पढिन्छ, प्रयोग गरिन्छ र बालबालिकाले भविष्य कोर्छन्।”
उनले शिक्षा क्षेत्रमा प्रदेश सरकारको प्राथमिकता अनुसार सार्वजनिक–निजी साझेदारीमार्फत आवश्यक प्रविधि, पूर्वाधार र अवसरहरूलाई अगाडि बढाइने बताए ।
“एक पुस्ताको शिक्षा सुधार्न सके अर्काे पुस्ताको भविष्य स्वतः उज्यालो हुन्छ”, मन्त्री थापाले थपे, “विद्यालयमा प्रयोगशाला, प्रविधि र सशक्त शिक्षक हुनु नै समावेशी र गुणस्तरीय शिक्षाको आधार हो।”
प्रदेश सरकारले २०८२ र ०८३ को बजेटमा समेत उक्त विद्यालयका लागि बजेट विनियोजन गरेको जानकारी उनले गराएका छन् । पहिले भन्दा अहिले विद्यालयमा आएको सुधार देखेर मन्त्री थापा खुशी छन् ।
पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयको स्तरोन्नतिका लागि प्रदेश सरकारसँग स्थानीय तह मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सहारा बाल आधारभूत विद्यालयको भौतिक देखि शैक्षिक सुधारमा आफु सँधै साथमा रहेको अभिव्यक्ति उनको छ ।
पोखरा महानगरपालिकाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मीले महानगरपालिकाले शिक्षा क्षेत्रमा लगानी गरि यसको गुणस्तरियतामा ध्यान दिएको जनाए । पोखरा महानगरपालिका भित्र रहेका विद्यालयहरुको अनुगमन गरि आवश्यकता अनुसार सुधार गर्दै जाने भनाई उनको छ ।
विद्यालय संचालक समितिका अध्यक्ष विक्रम थकालीले विद्यालयका लागि सौजन्य गरेका दाताहरुलाई धन्यवाद दिँदै विद्यालयलाई प्रविधिमैत्री वातावरणमा शिक्षणविधि अप्नाउन सहयोग सामाग्रीले सहायता मिल्ने विश्वास व्यक्त गरे । प्रदेश सरकार आएको ८ वर्षमा पहिलो पटक विद्यालयका लागि रातो किताबमा नै बजेट विनियोजन हुनुु सकरात्मक पक्ष रहेको उल्लेख गर्दै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय सँगै मन्त्रीलाई उनले धन्यवाद दिए ।
विद्यालयका विषयमा जानकारी गराउँदै प्रधानाध्यापक लोचना अधिकारीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको शैक्षिक स्तरमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् ।
विद्यालयको स्तरोन्नतिका लागि शैक्षिक क्षेत्रको सुधारमा ध्यान पुर्याइएको अभिव्यक्ति उनको छ ।
कार्यक्रममा स्थानीय अभिभावक, विद्यालयका शिक्षक, विद्यार्थी र सहयोगी संस्थाहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18889, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत
समाचार२०८३ भाद्र २५, बिहीबार २१:३७प्रदेश प्रमुखसमक्ष प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ भाद्र २५, बिहीबार १३:२४होटल संघ पोखराद्वारा राहत कोषमा २९ लाख बढी सहयोग








