मोन्टी देसाई काठमाण्डू गुर्खाजको कोचमा नियुक्त

काठमाडौं, २६ असार । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाण्डु गुर्खाजको कोचको रुपमा मोन्टी देसाई अनुवन्ध भएका छन् । एनपिएलको दोस्रो सिजनका लागि काठमाण्डु गुर्खाजले कोचको रुपमा चिरपरिचित देसाईलाई अनुबन्ध गरेको हो । उनी यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य कोच थिए । तर, क्यानले उनीसँग सम्झौता रिन्युल भने गरेको थिएन ।
काठमाण्डु गुर्खाले आफ्नो आधिकारिक सोसल मिडियामा भारतीय प्रशिक्षक देसाईलाई अनुवन्ध गरेको भिडियो सार्वजनिक गरेको छ । देसाईले पनि आफू पूनः नेपाल आउन पाउन लागेकोमा खुशी व्यक्त गरेका छन् । उनले टियू मैदानमा नेपाली फ्यानहरुलाई भेट्न आफू उत्साही रहेको बताएका छन् ।
काठमाण्डू गुर्खाजमा व्यवसायी उपेन्द्र महतो, मिडिया टाईकुन कैशाल सिरोहियालगायतको लगानी छ । file photo
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण ७, बिहीबार २३:१०त्रिकोणात्मक सिरिजमा नेपालको लगातार दोस्रो हार
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ७, बिहीबार २१:१५मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन
समाचार२०८३ श्रावण ७, बिहीबार १९:२१कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ७, बिहीबार १६:०८‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र रहस्यपूर्ण कथा








