‘उदयपुर फाइल्स’ को रिलिजमा सर्वोच्च अदालतको पनि रोक

‘उदयपुर फाइल्स’ को रिलिजमा सर्वोच्च अदालतको पनि रोक

एजेन्सी । कन्हैया लाल हत्याकाण्डमा आधारित फिल्म ‘उदयपुर फाइल्स: कन्हैया लाल टेलर मर्डर’ को प्रदर्शनमा भारतको सर्वोच्च अदालतले पनि रोक लगाएको छ।

दिल्ली उच्च अदालतको रोकविरुद्ध निर्माता समूहले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पनि प्रतिबन्ध यथावत् राख्ने निर्णय गरेको हो। साथै, अदालतले यस मुद्दाको सुनुवाइ आगामी जुलाई २१ सम्मका लागि स्थगित गर्दै फिल्मबारे निर्णय लिन सरकारले गठन गरेको समितिको प्रतिवेदन आउँदासम्म प्रतीक्षा गर्न निर्देशन दिएको छ।

निर्माताहरूले फिल्म रिलिजको तयारी गरिरहेका बेला दिल्ली उच्च अदालतले यसमा रोक लगाएको थियो। त्यसपछि उनीहरूले सर्वोच्चमा पुनरावेदन गरेका थिए। फिल्म ‘उदयपुर फाइल्स’ जुलाई ११ मा सार्वजनिक प्रदर्शनको तयारीमा थियो।

समाचार एजेन्सी पीटीआईका अनुसार, निर्माता पक्षले फिल्मले केन्द्रीय फिल्म प्रमाणपत्र बोर्ड (सेन्सर बोर्ड) बाट स्वीकृति पाइसकेको भन्दै प्रतिबन्ध अनुचित भएको तर्क गर्दै आएका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   8   =