‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’

‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’

काठमाडौँ। आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ । सिनेमाको बुधबार सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतबार बाबुल गिरी पनि भिडियोमा देखिएका छन् ।

संगीतकार बाबुल गिरीको संगीत तथा स्वर रहेको गीतको शब्द रचना गोविन्द भट्टले गरेका हुन् । ‘सिटामोल’को यो मर्मस्पर्शी गीतबाट संगीतकार तथा गायक गिरीले नेपाली रजतपटमा बिशेष भूमिकामा डेव्यु गरेका हुन् ।

सिनेमाको यसअघि सार्वजनिक टिजरमा समावेश सानो अंश नै सामाजिक सञ्जाल फेसकुक तथा टिकटकमा हिट भएपछि निर्माण टिमले आज पुरा गीत सार्वजनिक गरेको हो । यो गीतले दर्शकमाझ सिनेमाको हाइप उच्च बनाउने विश्वास निर्माण टिमको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरले दर्शकमाझ राम्रो चर्चा बटुलेका छन् ।

निर्माता तथा निर्देशकले ‘सिटामोल’ मार्फत् बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन र परापुर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेको छन् । सिनेमाले त्यही समस्याको उठानसहित दर्शकको मन जित्ने सिनेमा निर्माण गरेको भनाई निर्देशक तथा निर्माताको रहेको छ ।

राज बहादुर साने निर्देशित सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

यो पनि पढ्नुहोस् :  ‘तीन तीघ्रे क्या बिग्रे’का प्राविधिकले हप्तामा एक दिन बिदा पाउने

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   2   =