पुष्पलालको स्मृतिमा एमाले कास्कीको तीनदिने कार्यक्रम, सरसफाइदेखि विचार गोष्ठीसम्म

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्कीले पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसको अवसरमा तीनदिने विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमअन्तर्गत विविध गतिविधि आयोजना गरिँदैछ, जसमा सरसफाइ अभियान, श्रद्धाञ्जली सभा, रक्तदान तथा विचार गोष्ठी समावेश छन्।
कार्यक्रमको पहिलो दिन साउन ५ गते पोखरा–७ स्थित पुष्पलाल पार्कमा सरसफाइ अभियान चलाइएको थियो। दोस्रो दिन आज साउन ६ गते पोखरा–२१ फेदिपाटनमा रहेको पुष्पलाल अध्ययन केन्द्रमा माल्यार्पण तथा श्रद्धाञ्जली सभा गर्याे ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका वरिष्ठ नेता सोमनाथ अधिकारी “प्यासी”ले कमरेड पुष्पलालले जहानिया राणाशासनकालमा अन्तर्राष्ट्रिय कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गर्दै नेपालको पहिलो कम्युनिष्ट पार्टी २००६ साल वैशाख १० गते स्थापना गर्न खेलेको भूमिकाबारे चर्चा गरे।

नेकपा (एमाले) पोखरा महानगर कमिटीका अध्यक्ष जीवनप्रसाद आचार्यको अध्यक्षतामा भएकाे श्रद्धाञ्जली सभाकाे सञ्चालन सचिव सुशील बस्नेतले गरेका थिए भने स्वागत उपाध्यक्ष नरेन्द्र ढुंगानाले गरेका थिए।
कार्यक्रमको अन्तिम दिन साउन ७ गते बिहान ७ बजे राष्ट्रिय युवा संघ नेपाल कास्कीको आयोजनामा पोखरा पृथ्वीचोकमा खुला रक्तदान कार्यक्रम हुनेछ।
त्यसपछि दिउँसो ११:३० बजे सृजनाचोकस्थित साईमन पार्टी प्यालेसको हलमा उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा विचार गोष्ठी आयोजना गरिने नेकपा (एमाले) कास्कीका जिल्ला अध्यक्ष बैनबहादुर अधिकारीले जानकारी दिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19022, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत








