रुसमा दुर्घटनामा परेको विमानमा सवार सबैको मृत्यु भएको आशंका

एजेन्सी । रुसमा दुर्घटनामा परेको विमानमा सवार सबै ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । बेलायती समाचार संस्था रोयटर्सका अनुसार रुसको सुदूरपूर्वी क्षेत्र अमुरस्थित टिन्डाको जंगलमा सोभियत युगको पुरानो एन्टोनोभ एएन–२४ मोडेलको विमान बिहीबार दुर्घटनामा परेको हो ।
रुसी आपतकालीन सेवाका अधिकारीहरूका अनुसार ले दुर्घटनामा परेका सबै यात्रुको मृत्यु भएको प्रारम्भिक सूचना प्राप्त भएको रोयटर्सले उल्लेख गरेको छ ।
सन् १९७६ मा बनेको यो विमान करिब ५० वर्ष पुरानो भएको बताइएको छ । हेलिकप्टरमा सवार भएका व्यक्तिहरुले जंगलमा दुर्घटनाग्रस्त विमानमा आगो बलिरहेको देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
सोसल मिडियामा सार्वजनिक एक अप्रमाणित भिडियोमा घना जंगलमा विमान खसेको देखिन्छ । उक्त विमान साइबेरियास्थित अंगारा एयरलाइन्सको रहेको र ब्लागोभेसेन्स्कबाट टिन्डा जाँदै गरेको जनाइएको छ । उडानको क्रममा टिन्डा नजिकै जंगलमा पुग्दा विमानसँग राडारको सम्पर्क टुटेको थियो ।
क्षेत्रीय गभर्नर भासिली ओर्लोभका अनुसार विमानमा ५ बालबालकिासहित ४३ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए ।
रुसी आपतकालीन सेवाकी अधिकारी युलिया पेतिनाले टेलिग्राममा लेखेकी छन्, ‘खोजी अभियानका क्रममा रोसाभियात्सियाको एमआई–८ हेलिकप्टरले विमान जलेको अवस्थामा फेला पारेको हो ।’
उनका अनुसार उद्धारकर्मीहरू घटनास्थलतर्फ पुग्ने प्रयासमा छन् । विमान दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान गरिने रुसी अधिकारीहरुले बताएका छन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19042, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार ११:०६पोखरा–१४ मा जातीय विभेदको आरोप, इन्सेकद्वारा न्यायको माग
समाचार२०८३ आश्विन २२, बिहीबार १४:३७बालबालिका बेचबिखनमा आर्थिक अभावदेखि सामाजिक विभेदसम्म, उद्धारपछि पनि पुनःस्थापनाको चुनौती
समाचार२०८३ आश्विन २१, बुधबार १०:४०‘कोडदेखि कांग्रेससम्म’ अवधारणासहित ई. सुदर्शन शर्माको केन्द्रीय सदस्यमा उम्मेदवारी
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’








