स्याङ्जामा मल अभावविरुद्ध वाईसीएलको ज्ञापनपत्र: किसान बिचौलियाको पासोमा, सरकार मौन

पोखरा । देशभरि मल अभाव चुलिँदै जाँदा वाईसीएल नेपाल, स्याङ्जा जिल्ला समितिले प्रमुख जिल्ला अधिकारी स्याङ्जा मार्फत ज्ञापनपत्र बुझाउँदै सरकारको बेवास्ताविरुद्ध कडा आपत्ति जनाएको छ।
वर्षे बालीको प्रमुख सिजनमा पनि किसानले आवश्यक रासायनिक मल नपाउँदा कृषि उत्पादनमै संकट देखिएको भन्दै वाईसीएलले तुरुन्त समाधानको माग गरेको हो।
ज्ञापनपत्रमा भनिएको छ’सरकारले पटक–पटक आश्वासन दिए पनि मल वितरण न पारदर्शी छ, न व्यवस्थित ।’ वितरण प्रक्रियामा बिचौलिया हावी भएको र किसानहरू लाइनमा बस्दा गोदामबाटै ठूलो परिमाणमा मल हराउने गरेको आरोप लगाइएको छ ।
वाईसीएल स्याङ्जा अध्यक्ष अर्जुन तिवारी (सफल) ले सरकार हेरेजस्तो चुप लागेर बस्न नमिल्ने बताए । ‘किसान मर्न लागेका छन्। सामान्य प्रशासनिक कमजोरी मात्र होइन, यो भ्रष्ट संरचनाको नतिजा हो।’ उनले भने ।
ज्ञापनपत्रमा मल आपूर्तिको ढिलासुस्ती, सरकारी उदासिनता र बिचौलियाको चलखेललाई मुख्य समस्या भनेर उल्लेख गरिएको छ। साथै, वाईसीएलले अघिल्लो वर्ष काठमाडौंमा गरिएको आन्दोलन स्मरण गराउँदै देशभर आन्दाेलन गर्ने चेतावनी दिइएकाे छ ।
‘मल अभावका कारण किसानहरूको बाली मर्न थालेको छ। सरकारले अझै पनि गम्भीरता नदेखाए वाईसीएल चुप बस्दैन।’ज्ञापनपत्रमा भनिएको छ-‘केवल रिपोर्ट र घोषणाले खेतमा मल पुग्दैन। किसानलाई मल हो, भाषण होइन।’
ज्ञापनपत्र बुझाउने कार्यक्रममा वाईसीएलका जिल्ला इन्चार्ज जीवन थापा मगर, सचिवालय सदस्यहरू, र स्थानीय युवा नेताहरूको सहभागिता थियो। ज्ञापनपत्र बुझाएपछि वाईसीएल प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारीलाई केही समय छलफलसमेत गरेको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19107, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म
समाचार२०८३ भाद्र ६, शनिबार २०:२५फेज–टु यात्रामा सल्युट गोर्खाका १०७ प्रशिक्षार्थी, बिदाइसँगै सफलताकाे शुभकामना
समाचार२०८३ भाद्र ५, शुक्रबार १०:४१पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी
समाचार२०८३ भाद्र ४, बिहीबार १९:०६पोखरामा भदौ २० गते ‘ओशो मेगा क्याम्प’ आयोजना हुँदै







