भदौ १२ मा रिलिज हुने ‘कोशेढुङ्गा’को तीज गीत भाइरल

काठमाडौँ। फिल्म कोशेढुङ्गा को तीज विशेष गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको केही दिनमै भाइरल बनेको छ। निर्देशक सरोज पौडेलका अनुसार उक्त गीतमा २० हजारभन्दा बढी टिकटक भिडियो बनिसकेको छ।
नेपाली तीजको परिवेशमा तयार गरिएको यो डान्सिङ नम्बर युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ भने फेसबुकमा ७० लाखभन्दा बढी दर्शक पुगेको पौडेलले जानकारी दिए।
“नेपाली संस्कृति जोगाउँदै सभ्य र भव्य गीत प्रस्तुत गरेका थियौं,” पौडेलले भने, “हाम्रो अपेक्षाअनुसार दर्शकको साथ पाएका छौं। दैनिक हजारौँ भिडियो बनिरहेको छ।”
गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको हुकलाइन तथा संगीत रहेको छ। स्वर खेम सेन्चुरी, समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ।
सिनेमाभित्र समावेश गरिएको यस गीतले विवाहित र अविवाहित महिलाबीचको मनोदशा र अनुभवलाई चित्रण गरेको छ। गीतको भिडियोमा सुरक्षा पन्त र नीति शाहले अविवाहित पात्रका रूपमा अभिनय गरेका छन् भने ऋचा शर्माले विवाहित महिलाको दृष्टिकोण व्यक्त गरेकी छन्।
गीत लोकप्रिय बनेसँगै निर्माण पक्षले टिकटक प्रतियोगिता पनि घोषणा गरेको छ। प्रतियोगितामा अगस्ट २० सम्म सहभागी हुन सकिनेछ। ‘#नत्रभनेजिन्दगीव्यर्थछ’ ह्यासट्याग प्रयोग गरी बनाइएका भिडियोमध्ये उत्कृष्ट प्रदर्शनकर्ताले ३० हजार, सबैभन्दा क्रियटिभ भिडियोलाई २० हजार र सबैभन्दा धेरै लाइक पाएको भिडियोलाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ।
नरदेवी फिल्म्सको प्रस्तुति र सारंगी फिल्म्सको सहकार्यमा बनेको कोशेढुङ्गा आगामी भदौ १२ गते प्रदर्शनमा आउँदैछ। ‘पूर्ण बहादुरको सारंगी’ निर्देशन गरेका पौडेलकै निर्देशनमा बनेको यस फिल्मलाई दर्शकले प्रतिक्षित नेपाली फिल्मको रूपमा हेरेका छन्।
फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय रहेको छ।
निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत रहेको फिल्मको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्।
कोशेढुङ्गा नेपालसहित ४२ देशमा एकसाथ रिलिज हुने पहिलो नेपाली फिल्म बन्न लागेको निर्माण टिमले जनाएको छ। सेभेन सिज इन्टरनेसनलमार्फत फिल्मको अन्तर्राष्ट्रिय वितरण भइरहेको छ। निर्माण पक्षले यो प्रदर्शनले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









