नेपाल निजामती कर्मचारी युनियनको ९औं जिल्ला तथा प्रथम प्रदेश विभागीय अधिवेशन पोखरामा हुने

पोखरा । नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति कास्कीको आयोजनामा ९औं जिल्ला तथा प्रथम प्रदेश विभागीय अधिवेशन पोखरामा हुने भएको छ। दुईदिने अधिवेशन साउन २२ र २३ गते हुनेछ ।
अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा विशिष्ट अतिथि रहनेछन् ।
त्यस्तै, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दुकुमार थापा, नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, सांसदद्वय प्रकाश बराल र सरस्वती गुरुङ, नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक केन्द्रीय अध्यक्ष उत्तम कटुवाल, तथा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको विशेष आतिथ्यता रहनेछ ।
अधिवेशनको सफल आयोजना तथा व्यवस्थापनका लागि उपाध्यक्ष केदार सापकोटाको संयोजकत्वमा १०१ सदस्यीय व्यवस्थापन समिति, कोषाध्यक्ष चेतराज आचार्यको संयोजकत्वमा आर्थिक संकलन समिति, र जिल्ला अध्यक्ष सुरेश श्रेष्ठको संयोजनमा ५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ।
कार्यक्रममा युनियनका वर्तमान तथा पूर्व पदाधिकारीहरू, अग्रजहरू, कर्मचारीहरू, शुभेच्छुकहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहने बताइएकाे छ।
अध्यक्ष सुरेश कुमार श्रेष्ठले अधिवेशनले निजामती कर्मचारीहरूको हकहित, अधिकार र पेशागत मर्यादा प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19137, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार ११:०६पोखरा–१४ मा जातीय विभेदको आरोप, इन्सेकद्वारा न्यायको माग
समाचार२०८३ आश्विन २२, बिहीबार १४:३७बालबालिका बेचबिखनमा आर्थिक अभावदेखि सामाजिक विभेदसम्म, उद्धारपछि पनि पुनःस्थापनाको चुनौती
समाचार२०८३ आश्विन २१, बुधबार १०:४०‘कोडदेखि कांग्रेससम्म’ अवधारणासहित ई. सुदर्शन शर्माको केन्द्रीय सदस्यमा उम्मेदवारी
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’








