कास्कीमा २६औं तायाः मचा नृत्य प्रतियोगिता हुँदै

पोखरा ।
नेवाः खल कास्कीको आव्हानमा शिशुवा नेवाः खलको आयोजनामा कास्की जिल्ला स्तरीय २६औं तायाः मचा नृत्य प्रतियोगिता हुने भएकाे छ ।
आगामी श्रावण ३१ गते, श्रीकृष्ण जन्माष्टमीका दिन पोखरा–३०, शिशुवा बजारमा हुने कार्यक्रमबारे आयाेजकले आज पत्रकार सम्मेलन गरि जानकारी दिएकाे हाे ।
‘कला संस्कृतिको संरक्षण, भावी पुस्तालाई हस्तान्तरण’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा कास्की जिल्लाभरिका ३५ टिमहरूको सहभागिता रहने कार्यक्रम संयाेजक अर्जून कुमार ताम्राकारले जानकारी दिए । कार्यक्रम बिहान ८ बजे उद्घाटन भई ९ बजेबाट प्रतियोगिता सुरु हुनेछ।
तायाः मचा नृत्य नेवार समुदायको मौलिक संस्कृति हो । जुन प्रतियोगितात्मक रुपमा देशभरमा कास्की जिल्लामात्रै मनाइँदै आएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए। उनका अनुसार कास्कीका विभिन्न कचाः खल र तायाः मचा समितिहरूको सहभागिता रहने प्रतियोगिता यसपटक अझ व्यवस्थित र मर्यादित बनाइनेछ।
शिशुवा नेवाः खलका संयोजक कृष्ण कुमार कतिलाले २५० वर्ष पुरानो सांस्कृतिक परम्परालाई सजीव राख्दै तायाः मचालाई सांस्कृतिक महोत्सवको रुपमा विस्तार गरिन लागेको जानकारी दिए। उनले गाईजात्रालाई केवल नेवार समुदायको पर्व नभई समस्त जात–धर्म, भाषा र संस्कृतिको साझा सम्पत्ति बनाउँदै लैजानुपर्नेमा जोड दिए।
प्रतियोगितालाई सफल बनाउन पोखरा–३, तेर्सापट्टी निवासी रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, शंकर श्रेष्ठ र कविन्द्र श्रेष्ठको परिवारले आफ्ना दिवंगत आमाबाबु वालकुमारी श्रेष्ठ र हेमप्रसाद श्रेष्ठको स्मृतिमा पुरस्कार र प्रोत्साहन राशी सहयोग गर्ने भएका छन्।
करीब ३३ लाख खर्च अनुमान गरिएको प्रतियोगिताका लागि पोखरा महानगरपालिका, वडा कार्यालयहरू, प्रदेश सरकार, संघसंस्थाहरू, उद्योगी व्यवसायी र सहयोगदाता प्रमुख स्रोतका रूपमा रहने आयोजकको भनाइ छ।
सञ्चार क्षेत्रको भूमिकालाई अत्यन्त महत्वपूर्ण ठान्दै आयोजकले प्रचार–प्रसारमा सहकार्य गर्न पत्रकार र मिडियाकर्मीहरूलाई विशेष अपिल गरेका छन्।
कार्यक्रम शिशुवा मिसापुच, शिशुवा ल्याम पुच, शिशुवा नेवाः खल र नेवाः खल कास्कीको संयुक्त कार्यसम्पादन समितिको अग्रसरतामा सम्पन्न हुने जानकारी दिइएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19155, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म
समाचार२०८३ भाद्र ६, शनिबार २०:२५फेज–टु यात्रामा सल्युट गोर्खाका १०७ प्रशिक्षार्थी, बिदाइसँगै सफलताकाे शुभकामना
समाचार२०८३ भाद्र ५, शुक्रबार १०:४१पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी
समाचार२०८३ भाद्र ४, बिहीबार १९:०६पोखरामा भदौ २० गते ‘ओशो मेगा क्याम्प’ आयोजना हुँदै







