पोखरामा अन्तर्राष्ट्रियस्तरका टुरिस्ट गाइड उत्पादनका लागि ६ दिने तालिम सुरु

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष टुरिस्ट गाइड उत्पादन गर्ने उद्देश्यसहित ६ दिने विशेष तालिम आज (आइतबार) देखि पाेखरामा सुरु भएको छ। नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले संयुक्त रूपमा आयोजना गरेको तालिममा गण्डकी अल्पाइन क्लब र काठमाडौं इन्भाइरोन्मेन्टल एजुकेसन प्रोजेक्ट (KEEP) ले प्राविधिक सहयोग प्रदान गरेका छन्।
नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङले पोखरामा अन्तर्राष्ट्रियस्तरका दक्ष गाइडको अभाव दीर्घकालदेखि रहेको बताए । “हाम्रो लक्ष्य सुरक्षित, गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्षम गाइड उत्पादन गर्नु हो,” उनले भने।
छ दिनसम्म चल्ने तालिममा ३३ जना लाइसेन्सप्राप्त ट्रेकिङ गाइड सहभागी छन्, जसमा सात महिला गाइड पनि छन्। सहभागीहरूलाई प्राथमिक उपचार, नक्सा अध्ययन, पदयात्रा व्यवस्थापन, माउन्टेन गाइडिङ, टोपोग्राफिक म्यापिङ र हिमाल आरोहणका लागि आवश्यक सीपमा प्रशिक्षण दिइँदैछ।
तालिमका लागि कम्तीमा चार वर्षको अनुभव भएका गाइड मात्र छनोट गरिएको संघका सचिव मनशान्त घिमिरेले जानकारी दिए। ‘हामीले अनुभवी विज्ञहरूमार्फत प्रशिक्षणको व्यवस्था गरेका छौं, जसले गाइडहरूलाई हिमाली क्षेत्रमा आइपर्ने चुनौतीहरू सहज रूपमा सामना गर्न सक्षम बनाउनेछ’, घिमिरेले भने ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले उद्घाटन समारोहमा बोल्दै दिगो पर्यटन प्रवर्द्धनका लागि यस्ता तालिमको महत्त्वमाथि जोड दिए। यस वर्ष समयमै बजेट प्राप्त भएकाले यस्ता कार्यक्रम सञ्चालन गर्न सहज भएको छ। हामीले यसलाई निरन्तरता दिनेछौं, उनले बताए ।
हाल पोखरामा करिब ३,५०० गाइड कार्यरत भए पनि अन्तर्राष्ट्रियस्तरको दक्षता प्राप्त गाइडको संख्या न्यून छ। संस्थापक अध्यक्ष शेषकान्त शर्मा पौडेलले पेशागत सुरक्षाका लागि दैनिक भत्ता दोब्बर गर्नुपर्ने माग गरे। हाल गाइडहरूले दैनिक २,००० देखि २,५०० रुपैयाँ पाउने गरेकोमा, गाइड विशाल बरालले कम्तीमा ४,००० रुपैयाँ दैनिक भत्ता आवश्यक भएको बताए।
आयोजकले तालिमपछि सहभागी गाइडहरू हिमाली चुनौतीहरू सामना गर्न सक्षम, दक्ष र आत्मविश्वासयुक्त बन्ने विश्वास व्यक्त गरेका छन् । जसले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा अझ मजबुत बनाउन मद्दत गर्ने बताईएकाे छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19172, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म
समाचार२०८३ भाद्र ६, शनिबार २०:२५फेज–टु यात्रामा सल्युट गोर्खाका १०७ प्रशिक्षार्थी, बिदाइसँगै सफलताकाे शुभकामना
समाचार२०८३ भाद्र ५, शुक्रबार १०:४१पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी
समाचार२०८३ भाद्र ४, बिहीबार १९:०६पोखरामा भदौ २० गते ‘ओशो मेगा क्याम्प’ आयोजना हुँदै







