विष्णुपादुका टाेल विकास संस्थाकाे अध्यक्षमा रामबहादुर सापकोटा निर्विराेध

पाेखरा । पाेखरा २५ हेमजास्थित विष्णुपादुका टाेल विकास संस्थाकाे अध्यक्षमा राम बहादुर सापकोटा (राजु) निर्वाचित भएका छन् ।
पाेखरा २५ का वडा सदस्य तारा विश्वकर्माकाे प्रमुख आतिथ्यतामा बुधवार भएकाे संस्थाकाे दाेस्राे अधिवेशनबाट सापकाेटा निर्विराेध निर्वाचित भएका हुन् ।
संस्थाकाे उपाध्यक्षमा मोहन भण्डारी, सचिव झपटबहादुर नेपाली, सहसचिव सरस्वती नेपाली र कोषाध्यक्षमा दुर्गा केसी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा रोम नेपाली, सौजन तिवारी (जैसी) हरी नेपाली र प्रकाश नेपाली चयन भए ।
नवनिर्वाचित अध्यक्ष रामबहादुर सापकाेटा (राजु) ले समाज, टोल र छिमेकमा आवश्यक योजनाहरूको लागि पहल, सुरक्षित र सुन्दर टोल निर्माणमा हरदम इमानदारीपूर्वक लागि पर्ने वचनबद्वता जनाए ।
उनले विष्णुपादुका टोल विकास संस्थाले विगतका वर्षहरूमा निकै राम्रो विकासका कामहरू गरेको उल्लेख गर्दै अब आउने दिनहरूमा पनि सबैको साथ, सहयोग र सल्लाहको अपेक्षा सहित वडाले दिएको निर्देशनमा अहोरात्र विकासका कामहरूमा अग्रपंक्तिमा रहेर काम गर्ने बताए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19198, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २६, मंगलवार २१:२४अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
समाचार२०८३ श्रावण २५, सोमबार ११:३६सुनको मूल्य २ सय रुपैयाँ घट्यो, चाँदी बढ्यो







