मन्त्री चौधरी « रिपोर्टर्स नेपाल

‘एमएमए फाइटर रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ दिने मन्त्रिपरिषद्बाट निर्णय भएको छ’
काठमाडौं, २७ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नको लागि आज÷भोलिभित्रै युवा नीति ल्याउन लागेको घोषणा गरेका छन् । उनले युवाहरुको लागि सिप विकास, उद्यमशीलता र रोजगारी सिर्जनको लागि आफू दत्तचित्त भएर लागिपरेको बताए ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘म पनि केही गर्न सक्छु भनेर प्रतिबद्धता लिनको लागि युवाहरुलाई म आग्रह गर्दछु । देशको विकास र नेतृत्व तहमा पुग्नेगरि सकारात्मक पहल लिनुहोस । तल्लो तहदेखि युवाहरुलाई अघि बढाउनको लागि सिप विकास गर्नको लागि, उद्यमशील बनाउनको लागि र रोजगारी सिर्जना गराउनको लागि आफू नेतृत्वको मन्त्रालय गम्भीर भएर लागिपरेको मन्त्री चौधरीको भनाई छ ।
उनले भने,‘प्राविधिक क्षेत्रमा रोजगारी सिर्जना गर्नको लागि यो मन्त्रालय दत्तचित्त भएर अघि बढेको छ । युवा नीति आज÷भोलिभित्रै घोषणा गर्दैछौं । युवालक्षित नीति तय गर्न १५ दिनअघि उद्योगपतिहरुसँग छलफल गरेर राम्रो नीति बनाएका छौं ।’ उनकाअनुसार राष्ट्रिय युवा परिषद्ले रोजगारी सिर्जना गर्नको लागि सबै स्थानीय तह खासगरी नगरपालिकासँग छलफल गरेको छ । अहिले युवा मन्त्रालयले सिप, तालिम, मेलाको आयोजनाको साथै युवाहरुलाई ऋणपनि दिएको उनको भनाई छ ।
उनले भने,‘युवा स्वरोजगार कोष छ । यहाँ त कपाल काट्नेदेखि गहना बनाउनेसम्म अर्को देशका व्यक्तिहरु भेटिन्छन् । स्किल लिएर पनि काम गर्न हामा युवाहरु लाज मान्छन् । देश बनाउने भनेको युवाले नै हो । अरु देशका नागरिक आएर यो देश बनाउँदैन । सकारात्मक सोच राख्दा हरेक परिवर्तन हुन्छ ।’
उनले अब देशमा आन्दोलन र सत्ता परिवर्तनको कुनै खाँचो नभएको बताए । देशमा केवल विकास, रोजगारी र समृद्धिको खाँचो रहेको मन्त्री चौधरीको भनाई छ । उनले भने,‘हामी सबै प्रवन्ध गर्दछौं । हाम्रा युवाहरु आईटीमा, एआईमा पनि अघि बढिरहेका छन् । यो सरकारले युवाहरुको रोजगारी सिर्जना गर्न यो वर्ष १ लाख १२ हजार युवाहरुलई रोजगारी दिने भनेको छ । सातवटै प्रदेश, स्थानीय तह सबैसँग सहकार्य गरेर अघि बढेका छौं ।’ लोकतान्त्रिक सरकारले मिडियामाथि लगाम लगाउने काम नगर्ने भन्दै मिडिया काउन्सिल विद्येयकमा केही कमजोरी भए सच्याउने पनि मन्त्री चौधरीले विश्वास दिलाए ।

म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने हिजोको मन्त्रिपरिषद्बाट निर्णय भएको पनि उनले सुनाए । उनले भने,‘हिजोमात्रै मन्त्रिपरिषद्बाट पाँच लाख रुपैयाँ दिने कुरा पास भएको छ । प्रशिक्षकलाई पनि २ लाख दिने भनिएको छ । प्रक्रिया मिलाउने काम भएको छ । कानून, ऐन मिलाउनुपर्ने हुन्छ । राष्ट्रपतिले सम्मान गर्नुपनि ठूलो कुरा हो । आर्थिक सहयोगको लागि त सरकारले निर्णय लिएको छ ।’ सरकारले अहिले ट्यालेन्ट हन्ट कार्यक्रम अघि बढाएको पनि उनले सुनाए । देशव्यापी रुपमा सबै खेलको लागि आवश्यक पूर्वाधार विकासको लागि काम भैरहेको पनि उनले विश्वास दिलाए ।
https://youtu.be/J9XiURz4gaU
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









