युवामैत्री लगानी प्रवर्द्धनको नीति तयार गरिँदै छः खेलकुदमन्त्री चौधरी

काठमाडौँ, २७ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले युवामैत्री लगानीको वातावरण, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने नीति एवं कानुनी संरचना तयार गरिरहेको बताएका छन् ।
आज अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले सरकारले युवाको नेतृत्व विकास र सीप अभिवृद्धि गरी रोजगारी सृजनालाई उच्च प्राथमिकतामा राखेको बताए । मन्त्री चौधरीले सातै प्रदेश र स्थानीय तहमा युवा सशक्तिकरण, सीप र तालिमको माध्यमबाट रोजगारी सृजना गर्न निर्देशन दिए ।
परिषद्का अध्यक्षसमेत रहेका मन्त्री चौधरीले यही साताभित्र युवा नीति सार्वजनिक गर्ने जानकारी दिए । “कुल जनसङ्ख्याको करिब ४२ प्रतिशत हिस्सा ओगटेका युवाहरुले साहस, प्रतिबद्धता र नवप्रवर्तनप्रति रुचि देखाएका छन्”, उनले भने, “युवाजनशक्तिको सहभागितामा ठूलो परिवर्तनको हामीले अनुभव गर्न पाएका छौँ ।”
सोही कार्यक्रममा नेपालस्थित संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक हाना सिङ्गर ह्याम्डीले युवा दिवस केवल उत्साह मात्र नभई सहकार्य र प्रतिबद्धताको अवसर भएको स्मरण गराए । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा भविष्यका कर्णधारसँगै वर्तमानको साझेदार भएकाबारे चर्चा गरे ।
संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको १२ अगस्तलाई अन्तरराष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालले यस वर्ष ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने नारासहित यो दिवस मनाउँदैछ । राष्ट्रिय युवा परिषद्ले सो कार्यक्रम आयोजना गरेको थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









