नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ, काठमाडौं युनिटद्धारा १०औं केटिएम फुटसल कपको आयोजना

काठमाडौं, २९ साउन । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघले आफ्नो ५६औं स्थापना दिवसको अवसरमा १०औं केटिएम फुटसल कप आयोजना गरेको छ । दुई दिनसम्म चल्ने फुटसल कपको आज काठमाडौंको चन्द्रागिरीस्थित मच्छेनारायण रिक्रिएसन सेन्टरमा उद्घाटन गरिएको हो ।
प्रतियोगितामा एमआर रोयल्स, ग्यालेक्टिक्स, निभिक्स, एसियन, वेगा, बिवाईसी, थण्डर कृउ, एनालिया, क्वेष्ट, म्याग्नस सहित १० टिमको सहभागिता रहेको छ ।
खेलमा प्रथम र द्धितिय हुनेलाई क्रमश ३० हजार र २० हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल औंषधी तथा बिक्री प्रतिनिधी संघका अध्यक्ष तथा फुटसल कपको आयोजक कोषराज अवस्थीले जानकारी दिए ।
आज भएको लिग चरणको खेलमा ८ ओटा टिम उपाधी भिडन्तको लागि छनौट भएको छ । प्रतियोगिताको क्वाटरफाईनल, सेमीफाईनल र फाईनल खेल भने श्रावन ३१ गते शनिबार हुने आयोजकले जनाएको छ ।



लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









