‘कोशेढुंगा’ मा सुरक्षाको जोडी को हुन् ?

काठमाडौं । महिला केन्द्रीय कथावस्तुमा आधारित चलचित्र ‘कोशेढुंगा’मा नायिका सुरक्षा पन्त मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ। यसको थिम पोस्टरले नै महिला पात्रको नेतृत्व स्पष्ट संकेत गरिसकेको थियो, जुन कुरा गीतले झन् प्रष्ट पारेका छन्।
तर, सुरक्षाको अपोजिटमा को छन् भन्ने प्रश्नले दर्शकको उत्सुकता बढाएको छ। केही समयअघि सार्वजनिक गरिएको प्रेमगीत ‘भंगेरा भगेरी’ र त्यसअघि रिलिज भएको गीत ‘नत्र भने जिन्लगी व्यर्थ छ’मा एक नयाँ अनुहार उनको साथमा देखिन्छन् ।
उनी हुन् मन्जिल कुमार। केही रंगमञ्चीय अनुभव बोकेका चितवनका मन्जिलले ‘कोशेढुंगा’बाट पहिलोपटक ठूलो पर्दामा डेब्यु गर्दैछन्। यसमा उनी गाउँले भूमिकामा प्रस्तुत भएका छन्। हालसम्मको पोस्टर र सीमित दृश्यले उनी पात्रमा राम्ररी फिट देखिएका छन्, तर सम्पूर्ण सिनेमामा उनको उपस्थिति र प्रदर्शन कस्तो रहन्छ भन्ने कुरा भने रिलिजपछि मात्र थाहा हुनेछ।
मन्जिल भन्छन्, “अभिनयमा रुचि थियो, र राम्रो कथा र टिम भेटेपछि यो प्रोजेक्टमा काम गर्ने निर्णय गरेँ। ऐतिहासिक महत्वको सिनेमाका निर्देशक र अनुभवी कलाकारहरूसँग सहकार्य गर्न पाउनु मेरा लागि ठूलो अवसर हो।”
सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदैछ। ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशन गरिसकेका पौडेलले यसपटक स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारीका मनमोहक दृश्यलाई पर्दामा उतारेका छन्।
नरदेवी फिल्म्सको प्रस्तुतिमा बनेको यस चलचित्रमा सुरक्षा पन्त र मन्जिल कुमारसँगै आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको अभिनय छ।
निर्माणतर्फ प्रेविल कँडेल र किशोर अनुराग रहेका छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन, र आशिष अविरल, खेम सेन्चुरी तथा रिदम कँडेलको संगीत रहेको छ। कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्।
चलचित्र नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शन हुनेछ। अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज इन्टरनेसनल (प्याट्रिक सुवेदी र रमेश ढकाल) ले लिएको छ। नेपाली सिनेमाको इतिहासमा पहिलोपटक यति धेरै मुलुकमा एकसाथ रिलिज हुँदै, ‘कोशेढुंगा’ले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण १८, सोमबार १४:१९माइतीघर डुबान समस्यामा दीर्घकालीन समाधानको खोजी गरिँदै
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १८, सोमबार ०७:५६बाजुराको बडीमालिकाबाट ‘ए मेरो हजुर ५’को छायांकन शुभारम्भ हुने
समाचार२०८३ श्रावण १८, सोमबार ०७:२६सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय
समाचार२०८३ श्रावण १७, आईतवार २०:१७गृहमन्त्रीद्वारा मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण









