टप एन्ड टी–ट्वान्टी श्रृङ्खलाः नेपालले ब्याटिङ गर्दै

काठमाडौँ, ३ भदौ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।
अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ रन तथा मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो ।
होबर्ट हुरिकेन्स भने दोस्रो जितको खोजीमा छ । उसले यसअघि अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई सात विकेटले हराएको थियो भने मलेबर्न स्टार्स एकेडेमीसँग ६ विकेट तथा नर्दर्न टेरिटोरीसँग दुई विकेटले पराजित भएको थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:२८‘रातो घेरा’ मा दयाहाङ र मिरुना
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का









